देश र जनताको पक्षमा शिक्षा क्षेत्रबाट हुनुपर्ने काम गरेर अहोरात्र खटेर परिणाम निकाल्छु : मन्त्री पौडेल

Capture ddfse45

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रमा आमुल परिवर्तन गर्नका लागि आफ्नो प्रयत्न रहने बताएका छन् । 

शुक्रबार मन्त्रालयमा आफ्नो कार्यभार सम्हाल्दै मन्त्री पौडेलले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्दै आमुल परिवर्तनका लागि आफ्नो प्रयत्न रहने बताएका हुन् । उनले आफूले देश र जनताको पक्षमा शिक्षा क्षेत्रबाट हुनुपर्ने काम गर्ने र अहोरात्र खटेर परिणाम निकाल्ने बताए । 

उनले भने, ‘शिक्षा क्षेत्रमा समस्याहरू छन् । शिक्षा मन्त्रालयले पहिलेदेखि नै केही सुधार गर्ने प्रयत्न गरेको छ । म मेरो आफ्नो लागि वा कसैको लागि व्यक्तिगत प्रयोजनको लागि भन्दा पनि शिक्षामा आमुल परिवर्तन गर्ने प्रयत्न गर्नेछु र त्यसको साथसाथै देश र जनताको पक्षमा शैक्षिक क्षेत्रबाट हुनुपर्ने कामहरुको निम्ति अहोरात्र खटेर परिणाम निकाल्ने प्रयत्न गर्नेछु ।’

मन्त्री पौडेलले समाजवाद उन्मुख राज्य प्रणाली स्थापनाका लागि शिक्षा क्षेत्रबाट गर्नुपर्ने शैक्षिक सुधार, आवश्यक जनशक्ति उत्पादन र नीतिगत सुधार गर्नका लागि पनि आफ्नो तर्फबाट सकेको काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले शैक्षिक बेरोजगारको समस्या समाधानका निम्ति आफ्नो अधिकतम प्रयत्न रहने उल्लेख गरे । 
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...