काठमाडौँमा विद्यालयहरु नखुल्ने, सिडिओले जारी गरे सूचना  

Kathmandu cdo office

काठमाडौँ । काठमाडौँ उपत्यकामा भौतिकरुपमा उपस्थित गराएर पठनपाठन गर्न नपाइने भएको छ। काठमाडौँ जिल्ला प्रशासनले बिहीबार एक विज्ञप्ति जारी गर्दै अर्को सूचना जारी नहुँदासम्म उक्त निर्णय कायम रहने जनाएको छ।

प्रशासनका अनुसार भौतिकरुपमा उपस्थित गराएर पठन पाठन गर्नैपर्ने भएमा स्थानीय तहहरुले जिल्ला कोभिड संकट व्यवस्थापनसँग छलफल गरेर मात्र निर्णय गर्नुपर्ने छ।

प्रशासनले सभा जुलुस, जात्रा, भोजजस्ता भिडभाड हुने गतिविधीमा पनि रोक लगाइएको जनाएको छ। यस्तै चाडपर्वहरु न्युनतमरुपमा उपस्थित भएर सांकेतिकरुपमा मनाउन पनि आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...