शिक्षामा गुणस्तर कायम गर्न प्रअसँग कार्यसम्पादन सम्झौता

Khatanga gaupalika

खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिकाले सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग कार्यसम्पादन सम्झौता गरेको छ ।

सामुदायिक विद्यालयको भूमिकालाई अझ प्रभावकारी बनाउन ४९ सामुदायिक र दुई वटा संस्थागत विद्यालयका प्रधानाध्यापकसँग २७ बुँदे कार्यसम्पादन सम्झौता भएको हो ।

गाउँपालिका अध्यक्ष प्रदीप राई र प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईको उपस्थितिमा गाउँपालिकाका शिक्षा अधिकृत बाबाठकुरी रिजाल अधिकारी र सम्बन्धित विद्यालयका प्रअले कार्यसम्पादन सम्झौता गरेका हुन् ।

शैक्षिक गुणस्तर उकास्न प्रत्येक वर्ष तीन प्रतिशतले सिकाइ उपलब्धी वृद्धि गर्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष राईले बताए ।

शैक्षिक सत्रको अन्त्यमा सबै शिक्षकलाई आफूले शिक्षण गरेको विषयको सिकाइ उपलब्धी यकीन गर्न लगाएर आगामी सत्रका लागि शिक्षण सुधार योजना निर्माण गर्ने कार्यसम्पादन सम्झौतामा उल्लेख छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...