आजदेखि कक्षा १२ को आजदेखि हुँदै, यस्तो छ परीक्षा तालिका

Board exams

काठमाडौं । कक्षा १२ को बार्षिक परीक्षा आजबाट सुरु हुँदैछ । परीक्षा समय बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको छ ।

कोरोना भाइरस संक्रमण फैलिएसँगै रोकिएको परीक्षा आजबाट सुरु हुन लागेको हो । परीक्षा असोज ८ गतेसम्म चल्ने परीक्षा नियन्त्रण कार्यालयले बताएको छ ।

आजबाट सुरु हुने कक्षा १२ को यो परीक्षामा तीन लाख ७४ हजार विद्यार्थी सहभागी हुने हुँदैछन् । विद्यार्थीहरुलाई आफुले नै अध्यायन गरेको विद्यालयमा परीक्षा दिने व्यवस्था मिलाइएको छ ।

शैक्षिक सत्र खेर नजाओस् भन्ने उदेश्यका साथ परीक्षाको नतिजा आगामी मंसिरसम्ममै प्रकाशन गरिसक्ने परीक्षा नियन्त्रण कार्यालयले बताएको छ ।
भौतिक रुपमै परीक्षा सञ्चालन हुने भएपछि सरकारले कक्षा ११ र १२ का परीक्षार्थीलाई कोरोना भाइरसविरुद्धको खोप पनि दिएको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।

सबै विद्यार्थीहरुलाई कोरोनाबिद्धको खोप दिइसकिएकाले अब परीक्षाका लागि अनुकुल वातावरण बनेको विज्ञहरुले पनि बताएका छन् । यसअघि साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय बोर्डले गरेको थियो । तर कोरोना महामारी बढेसँगै परीक्षा रोकिएको थियो ।

हेर्नुहोस् परीक्षा तालिका

 

प्रतिकृया दिनुहोस