सार्वजनिक पुस्तकालयको सबलीकरणमा जोड

Publiclibraries

काठमाडौँ । ‘सबल समाजको आधार  सार्वजनिक पुस्तकालयको विकास र विस्तार’ भन्ने आदर्श वाक्यसहित आज चौधौँ राष्ट्रिय पुस्तकालय दिवस मनाइएको छ ।

कोभिड–१९ को जोखिमका कारण भर्चुअलरुपमा मनाइएको दिवसका अवसरमा विभिन्न क्षेत्रका सार्वजनिक पुस्तकालयलाई पुरस्कृत गर्ने घोषणा गरिएको थियो । कार्यक्रममा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले गोर्खा भूकम्प र विभिन्न कारणले क्षतिग्रस्त तथा कोभिड–१९ का कारण प्रभावित पुस्तकालयको संरक्षण र पुस्तकको डिजिटलाइजेशन गर्ने चुनौती रहेको बताए ।

विसं १८६९ भदौ १५ गते तत्कालीन राजा गिर्वाणयुद्धविक्रम शाहले चिताइ तहबिल नामक पुस्तकालय स्थापनाका लागि लालमोहर लगाएको दिनको सम्झनामा विसं २०६५ देखि यो दिवस मनाउन थालिएको हो ।

पुस्तकालयका माध्यमबाट ऐतिहासिक दस्तावेजहरुको संरक्षण, सम्वद्र्धन र उचित प्रयोग गर्ने ध्येयले सो हनुमानढोका दरबारभित्र उक्त तहबिलको स्थापना गरिएको थियो । दिवसकै अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पुस्तकालयको विषयसँग सम्बन्धित लेख,रचना समेटेर विशेषाङ्कको प्रकाशन गरेको छ ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...