कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि शुरु, होम सेन्टरबाटै दिन पाउने

Asdgwaer4

काठमाण्डौं । कोरोना भाईरस कोभिड–१९ का कारण स्थगित भएको कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले साउन ३१ गतेदेखि शुरु गर्ने भएको छ ।

मंगलबार बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले परीक्षा सञ्चालन गर्ने निर्णय गरेको उपनियन्त्रक सुवास पन्तले जानकारी दिनुभयो ।

विद्यार्थीहरुले परीक्षा सम्बन्धित विद्यालयबाटै अर्थात होम सेन्टरबाटै दिन पाउनेछन् । परीक्षा भदौ ९ गतेसम्म संचालन हुने भएको छ । परीक्षा अवधिमा गाइजात्रा र जनैपूर्णिमाको दिन विदा दिएर शनिबार पनि परीक्षा सञ्चालन गरिने पन्तले बताउनुभयो ।

गत जेठ २६ गते तय भएको परीक्षा कोरोना भाईरस कोभिड–१९ का कारण स्थगित भएको थियो । कोरोनाका दोस्रो लहर तीव्र गतिमा फैलन थालेपछि बोर्डले परिक्षा स्थगित गरेको हो । यस पटक तीन लाख ८६ हजार विद्यार्थीले परीक्षा फाराम भरेको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...