जनक शिक्षा सामग्री केन्द्रले नै टेरेन मन्त्रीको निर्देशन, पुरानै नक्सा छापिएको पुस्तक बजारमा

Janak shiksha kendra

काठमाडौँ । सरकारी छापाखाना जनक शिक्षा सामग्री केन्द्रले मन्त्रीको निर्देशन अवज्ञा गर्दै पुरानै नक्सा छापिएको पुस्तक बजारमा पठाएको छ ।  गत जेठ २६ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले नेपालको पुरानै नक्सा भएको पाठ्यपुस्तक जफत गर्न निर्देशन दिएका थिए ।  

सरकारको समेत स्वामित्व रहेको प्रकाशन गृह जनक शिक्षाले बजारमा पुरानै नक्सा समावेश भएको पाठ्यपुस्तक बजारमा पठाएर सरकारलाई चुनौती दिएको हो । नयाँ शैक्षिक सत्र सुरु भएसँगै पुस्तक खरिद गरेका विद्यार्थी अभिभावकको हातमा पुरानै नक्सा भएको पुस्तक परिरहेको छ ।

पाठ्यक्रम विकास केन्द्र मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालले पनि अनुगमनको रुपमा त्यस्तो पाइएको जानकारी दिए । अर्यालले भने, ‘जनक शिक्षाले पनि पुरानै नक्सा भएको पुस्तक बजारमा पठाएको देखियो, गत बर्ष  नै प्रकाशन भएका किताब बजारमा गएका छन् । त्यसलाई तत्काल प्रतिस्थापित गरेर बजारमा पठाउने भनेका छौँ । हामीले भनेको समयभित्र पुगेन भने हामी कारवाही प्रक्रिया अघि बढाउँछौँ ।’

महानिर्देशक अर्यालले अहिले अनुगमनका क्रममा रहेको र  पहिल्यै प्रकाशन गरेको पुस्तक हो भने त्यसमा पुरानो नक्सा छ भने नयाँ नक्सा टाँसेर पठाउन भनेको उल्लेख गरे । अहिले बजारमा विद्यालय तहका सामाजिक विषयका पाठहरूमा नेपालको पुरानै नक्सा समावेश गरिएको पाइएको हो । अहिले अनुगमनका क्रममा रहेको बताउँदै महानिर्देशक अर्यालले त्यस्ता किताब फिर्ता गराउनुको कुनै विकल्प नरहेको बताए ।  

यस्तै पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेश भट्टराईले जनक शिक्षा सामग्री केन्द्रबाट गएका त्यस्ता किताब फिर्ता हुने बताए ।  

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...