आजदेखि नयाँ शैक्षिक सत्र शुरु, असार १५ सम्म विद्यार्थी भर्ना

Student education

काठमाडौं । आजदेखि देशभरको विद्यालय तहको नयाँ शैक्षिक सत्र आजबाट सुरु भएको छ । आजदेखि कक्षा १० सम्मका लागि शैक्षिक सत्र सुरु भएको हो । कक्षा ११ को पठनपाठन भने भदौ १ बाट सुरु हुनेछ ।

कोरोना महामारीका कारण गतवर्षदेखि नै समय ब्यवस्थापन प्रभावित हुँदै आए पनि दुई महिना ढिला गरी आजदेखि शैक्षिक सत्र सुरु भएको हो ।

कोरोना संक्रमणका कारण भौतिक उपस्थितिमा पठनपाठन हुन नसके पनि आजदेखि विद्यार्थीको नयाँ कक्षा प्रवेश, भर्ना तथा वैकल्पिक माध्यमबाट सिकाइ सुरु गर्नुपर्ने छ ।

नयाँ शैक्षिक सत्रको तालिका असार १५ सम्म विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण गरिसक्नु पर्ने बताइएको छ । भर्ना तथा पाठ्यपुस्तक वितरणपछि वैकल्पिक माध्यमबाट पठनपाठन सुरु गर्नुपर्नेछ ।

विद्यालयले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीको आन्तरिक मूल्यांकन कार्य पूरा गरी साउन दोस्रो सातासम्म अन्तिम नतिजा प्रकाशित गर्ने र भदौबाट नयाँ कक्षा सुरु गरिने जानकारी राष्ट्रिय परीक्षा बोर्डले दिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...