असार १ गतेदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न शिक्षा मन्त्रालयको उर्दी

Student varna aviyan

काठमाडौं । देशमा कोरोना संक्रमण कम नहुँदै शिक्षा मन्त्रालयले असार १ गतेदेखि शैक्षिक सत्र सुरु गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले असार १ गतेदेखि भर्ना प्रक्रिया सुरु गर्न निर्देशन दिएको छ ।

पछिल्लो केह िदिनयता कोरोना संक्रमण क्रमसः घट्न थालेको भए पनि ७५ जिल्लामा जेठ ३१ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा नहट्दै मन्त्रालयले नयाँ शैक्षिक शत्रका लागि विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न निर्देशन दिएको हो ।

आइतबार मन्त्रालयमा भएको छलफल कार्यक्रममा शिक्षा श्रेष्ठले तोकिएको शैक्षिक सत्र अनुसार असार १ गतेदेखि अनिवार्य भर्ना प्रक्रिया अगाडि बढाउन विभागीय प्रमुखहरुलाई निर्देशन दिएका हुन् । यसअघि वीरगञ्ज महानगरपालिकाले त सुचना प्रकाशन गरेरै असार १ गतेदेखि विद्यार्थी भर्ना गराउन लिखित सुचना नै जारी गरिसकेको छ ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले पनि नयाँ भर्ना प्रक्रिया असार १ गतेदेखि अनिवार्य लागू हुने गरी छलफल भएको जानकारी दिए । ‘शैक्षिक असार १ देखि हुने भएकाले नयाँ भर्ना पनि त्यही दिनदेखि सुरु हुन्छ,’ उनले भने ।

मन्त्रालयका सचिव रामप्रसाद थपलियाले वैकल्पिक सिकाइ कार्यविधि कार्यान्वयन गरी कक्षा सञ्चालन गर्न सबै स्थानीय तहलाई आग्रह गर्ने बताए । सचिव थपलियाले साउन १ गतेबाट बजेट कार्यन्वयनमा लैजान सबै प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...