असार १ गतेदेखि बिद्यालय खुल्ने, ७ गतेसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गरिने

Student 22

काठमाडौं । कोरोना संक्रमणको त्रास कायम रहेकै बेला वीरगञ्ज महानगरपालिकाले असार १ गतेदेखि क्रमिक रुपमा विद्यालय सञ्चालन गर्ने भएको छ ।

बिहबिार बसेको शिक्षा समितिको बैठकको निर्णय अनुसार असार १ गतेदेखि विद्यालय सञ्चालन गर्न आह्वान ग्िएको छ । शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्द लाल कर्णले सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा पत्राचार गर्दै स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्न निर्देशन दिइएको छ ।

बालबालिकाको शैक्षिक क्षतिलाई मध्यनजर गर्दै क्रमिकरुपमा विद्यालय सञ्चालन गर्न लागिएको महानगरपालिकाको तर्क छ । असार १ गतेदेखि ७ गतेसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने, ८ गतेदेखि १५ गतेसम्म भर्ना अभियान सप्ताह सञ्चालन गर्ने निर्णय गरेको छ । असार १५ गतेदेखि भने नियमित रुपमा विद्यालय सञ्चालन गरिने महानगरपालिकाको सुचनामा उल्लेख छ ।

विद्यालय सञ्चालन गर्न ७ वटा शर्तहरु पालना गर्नुपर्ने पत्रमा उल्लेख गरिएको छ । विद्यालयमा भौतिक उपस्थिति गराई पठनपाठन गर्न विद्यार्थीहरुको अभिभावकहरुबाट लिखित सहमति लिने र स्वास्थ्य सुरक्षाका मापदण्डहरु (मास्क, साबुन, पानीले हात धुने व्यवस्था, सेनिटाइजर भौतिक दुरी, थर्मल गनले ज्वरो नाप्ने आदि) अनिवार्य पालना गर्नु पर्नेछ ।

यस्तै, अर्को सूचना जारी नहुञ्जेल सवारी साधन सञ्चालन गर्न नपाइने, शिक्षण सिकाइका वैकल्पिक उपायहरु विद्यालय र अभिभावकबीच सहमति गरी लागु गर्ने उल्लेख गरिएको छ । साथै कुनै पनि विषम स्थिति देखिनासाथ शैक्षिक प्रशासन महाशाखामा जानकारी गराइ निर्देशनअनुसार गर्ने गराउने पत्रमा उल्लेख छ ।

वीरगञ्ज महानगरमा निजी र संस्थागत गरी २ सय हाराहारीमा विद्यालय छन् । नगर प्रमुख विजयकुमार सरावगीले कोरोना संक्रमण घट्दै गएकोले विद्यालय सञ्चालन गर्ने निर्णय भएको बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...