त्रिविले खोल्यो स्थगित गरेको स्नातक प्रथम वर्षको परीक्षा फारम  

Tribhuwan rngv0rztpg

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसको दोस्रो लहर सुरु भएपछि स्थगित गरेको स्नातक तह प्रथम वर्षको परीक्षा आवेदन फारम जेठ १० गतेदेखि २० गतेसम्म भरिसक्नु पर्ने जनाएको छ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले आइतबार सूचना जारी गर्दै आवेदन फारम अनलाइनमार्फत पनि भर्न सकिने जनाएको छ।

‘कोभिड १९ को दोस्रो लहरको प्रकोपका कारण स्थगित गरिएकोमा २०७८ जेठ १० गतेदेखि २०७८ जेठ २० गतेसम्म क्याम्पसमा संकलन भएका आवेदन फारमहरु सम्बन्धित क्याम्पसबाट भराउने र आवेदन फारम छुट हुन गएका परीक्षार्थीहरुको आवेदन फारम मिति २०७८ जेठ १२ गतेदेखि २०७८ जेठ २० गतेसम्म अनलाइनबाट सम्बन्धित परीक्षार्थीहरु स्वयंले भर्न सक्नेछन्।

क्याम्पस र परीक्षार्थीहरुबाट भरिएका सम्पूर्ण फारमहरु सम्बन्धित क्याम्पसले रुजु गरी सोको रकम भुक्तानी गरी मिति २०७८ जेठ २३ गतेभित्र इन्ट्री गरिसक्नु पर्नेछ,’ सूचनामा उल्लेख छ।

यस्तै दोब्बर दस्तुर बुझाई फारम भर्ने अवधि असार १ गतेदेखि असार ७ गतेसम्म तोकिएको छ। साउन मसान्तभित्र परीक्षा सम्पन्न गरिसक्नु पर्ने त्रिविले जनाएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...