जेठ २० सम्म विद्यालयका परीक्षा सक्न निर्देशन

Exam

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्रका विद्यालयहरुले जेठ २० गतेसम्म परीक्षा लिइसक्नुपर्ने बताएको छ।

महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीद्वारा आइतबार जारी गरिएको विज्ञप्तिमा महानगरभित्रका सबै विद्यालयले शैक्षिक सत्र २०७७ को वार्षिक परीक्षा उपयुक्त मूल्याङ्कन प्रणाली अपनाएर लिन निर्देशन दिइएको छ।

अनलाइन/टेलिफोन/अफलाइन/इमेलबाट पठाइ लगायत विद्यालय अनुकूल हुने गरी परीक्षा गर्न निर्देशन दिइएको छ।

यस्तै जेठ २० गतेभित्र परीक्षा सकेर जेठ मसान्तभित्र परीक्षाफल प्रकाशन गरी असार पहिलो साताबाट नयाँ शैक्षिक सत्र सञ्चालन गर्न महानगरले आग्रह गरेको छ। साथै कक्षा ८ को नगरस्तरीय परीक्षाका सम्बन्धमा छिट्टै सूचना दिइने बताइएको छ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...