पूर्वनिर्धारित सबै तहका परीक्षा स्थगित, यस्तो छ सरकारी सुचना

Exam nepal

काठमाडौँ । देशभर कोरोना संक्रमण बढ्दै गएपछि सरकारले पूर्वनिर्धारित सबै तहका परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले सोमबारदेखि नै कोरोना संक्रमणलाई नियन्त्रण गर्न विद्यालय तथा विश्वविद्यालय तहमा चलेको परिक्षा राक्ने निर्णय गरेको हो ।

काठमाडौं उपत्यका सहितका धेरै जसो विद्यालयहरुले परिक्षाको कारण जनाउँदै विद्यालय सञ्चालन गर्दै आएका छन् ।

पछिल्लो समयमा विद्यार्थीमा कोरोना संक्रमण बढ्दै गएपछि भोलिदेखि हुने विद्यालय तहको परीक्षा स्थगित गर्न सीसीएमसीले सरकारलाई सिफारिस गरेको हो ।

हाल स्नातकको विभिन्न तहको परिक्षा सञ्चालन भइहरेको र हुने क्रममा छ । प्रधानमन्त्री कार्यालय बालुवाटारमा बसेको बैठकले स्थान हेरेर निषेधाज्ञा र लकडाउन गर्न सिफारिसमेत गरेको छ ।

कोरोनाको जोखिम कम भएपनि उपयुक्त समयमा परीक्षाको नयाँ तालिका तय गरिने बताइएको छ । सोमबारदेखिका सबै परीक्षा स्थगित गर्ने सीसीएमसीले निर्णय गरे पनि जेठमा हुने एसईई परीक्षाका सम्बन्धमा भने कुनै निर्णय भएको छैन ।

बालुवाटारको शनिबारको ब्रिफिङमा प्रधानमन्त्री ओलीले सरकारको आदेश र स्वास्थ्यसम्बन्धी मापदण्डको पालना नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । प्रधानमन्त्री ओलीले कोरोना रोकथामका लागि प्रभावकारी योजना ल्याउन निर्देशन दिएपछि आइतबार सीसीएमसीको बैठक बसेको हो ।

यसअघि बसेको मन्त्रिपरिषद बैठकले विद्यालय र कलेजको पठन पाठन भौतिकरुपमा गर्न नपाइने भने पनि परीक्षा चाहिँ नरोकिने बताएको थियो । तर, आइतबार बसेको सीसीएमसीको बैठकले सोमबारदेखि हुने सबै परीक्षाहरु स्थगित गरेको हो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...