आलोपालोको कक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयको आग्रह

Education ministry

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बढी विद्यार्थी भएका विद्यालयमा आलोपालो वा सिफ्टमा कक्षा सञ्चालन गर्न आग्रह गरेको छ ।

मन्त्रालयले  तत्कालका लागि परिस्थिति असहज रहेसम्म शिक्षण संस्थाभित्र सभा, समारोह, वार्षिक उत्सवजस्ता भीडभाड हुने कुनै पनि कार्यक्रमको आयोजना नगर्न र साथै विद्यालय सञ्चालन गर्दा मन्त्रालयवाट जारी भएको विद्यालय सञ्चालनसम्वन्धी कार्यढाँचा, २०७७को अनुशरणसमेत गर्न निर्देशन दिएको छ ।

मन्त्रालयमा आज बसेको बैठकमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अहिलेको विषम परिस्थितिमा सबै विद्यालय स्वाथ्य मापदण्ड पालना गरी सञ्चालन गर्न सर्न आग्रह गरे । प्रभावित भएका विद्यालयमा जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएम) ले निर्णय गरी विद्यालय बन्द गर्न सक्ने अधिकारसमेत रहेको उनले भनाइ राखे ।

शिक्षा सचिव रामप्रसाद थपलियाले तत्काल बिद्यालय बन्द गर्ने अधिकार स्थानीय तहलाई दिनुपर्ने बताए । उनले स्वाथ्य मापदण्डलाई कडाइकासाथ पालना गर्न आग्रह गरेका छन् । विज्ञान सचिव डा.सञ्जय शर्माले अहिलेको अवस्थामा आलोपालो प्रणालीमा विद्यालय सञ्चालन गर्न सकिने उल्लेख गरे । उनले पछिल्लो अवस्थामा कोभिड–१९ले बालबालिका र १८ वर्ष मुनिका युवालाई सङ्क्रमण देखिएको भन्दै सबै क्षेत्रमा गम्भीर हुनुपर्ने बताए ।

यस्तै मन्त्रालयले  कोभिड–१९ को सङ्क्रमण वढ्दो अवस्थामा रहेको र त्यसवाट विशेषत : विद्यालय जाने उमेर समूहका विद्यार्थीमा सङ्क्रमण फैलिन सक्ने भएकोले सचेत रहन आग्रह गरेको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...