अनलाइनबाट क्याम्पसको पठनपाठन

Online

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि लामो समयदेखि बन्द रहेको सिरहाका सूर्यनारायण सत्यनारायण मोरवैता यादव वहुमुखी क्याम्पसले वैकल्पिक शिक्षण विधि (अनलाइन) बाट पठन–पाठन सुरु गर्ने भएको छ ।

क्याम्पस प्रमुख रामहित यादवले सूचना जारी गरी वैकल्पिक शिक्षण विधि (अनलाइन) बाट पठन–पाठन सुरु हुने जनाएका हुन् । अनलाइन कक्षाका लागि सम्बद्ध विभागीय प्रमुख र सहायक क्याम्पस प्रमुखसँग सम्पर्क गरी आ–आफ्नो नाम, कक्षा, रोल नम्बर, मोवाइल नम्बर उपलब्ध गराउन सूचनामार्फत विद्यार्थीलाई आग्रह गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय र डिनको कार्यालयद्वारा सञ्चालन हुने परीक्षाहरु—२०७८ मंसिरदेखि सुरु गर्ने सोच बनाएको हुनाले हालको परिस्थितिमा अनलाइन कक्षा नै प्रमुख विकल्प देखिएको सूचनामा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...