बझाङको साइपालका विद्यालयमा शुरु भयो पठनपाठन, विद्यार्थी हर्षित

Saipal bajhang

बझाङ । कोरोना भाइरसका कारण देशभरका विद्यालयहरु बन्द रहेका बेला बझाङको साइपाल गाउँपालिकाका सम्पुर्ण बिद्यालयहरुमा पठनपाठन सुरु भएको छ ।

कोरोना संक्रमणका कारण चैत ११ गते देशभर लकडाउन गरिएपछि देशभरका विद्यालयहरुमा पठनपाठन ठप्प छन् । लकडाउनले चार महिनादेखि पूर्णरुपमा बन्द गरिएका बिद्यालयहरु संचालनमा ल्याइएपछि यहाँका विद्यार्थी पनि हर्षित भएका छन् ।

हालै बसेको साइपाल गाउँपालिका शिक्षा समितिले साउन १५ गतेभित्र विद्यार्थी भर्ना र पठनपाठन सुरु गर्ने निणर्य गरेको थियो । सोही निर्णयबमोजिम यहाँका विद्यालयहरुमा पठनपाठन सुरु भएको हो ।

तर काँडा माध्यामिक विद्यालयले भने विद्यालय व्यवस्थापन समिति र अभिभावकको पहलमा साउन ४ गतेदेखि नै विद्यालयको नियमित पठनपाठन सुचारु गरेको थियो ।

काँडा माविमा भने शिक्षक अभाव भएपछि स्थानीय युवालाई नै पढाउन दिइएको छ । लामो समयदेखि लकडाउन हुँदा धेरै शिक्षकहरु आफ्नो घर गएका कारण स्थानीय युवाहरुलाई नै केही समयसम्म पठनपाठनको जिम्मा दिइएको बताइएको छ ।

भौगोलिक विकटता र आधुनिक प्रविधिको कमीले साइपालमा अनलाइन कक्षाहरु सञ्चालन हुन सकेन । साथै रेडियो कक्षाहरुमा पनि सबैको पहुँच नभएकोले विद्यार्थीहरु पठनपाठनबाट बन्चित भएका थिए ।

जिल्लाका अन्य ठाउँहरुको तुलनामा साइपाल गाउँपालिकामा कोरोनाको जोखिम कम भएकाले विद्यालयहरु सञ्चालनमा ल्याइए गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामीले बताए । अध्यक्ष धामीका अनुसार बिद्यालयहरुमा भौतिक दुरी कायम गरी पठनपाठन गरिएको छ । प्रत्येक विद्यालयहरुमा स्यानिटाइजर र माक्स गाउँपालिकाले उपलब्ध गराइदिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...