८८.३५ प्रतिशत बालबालिका विद्यालय जान पाएनन्, २९ प्रतिशत मात्रै वैकल्पिक पढाइमा सहभागी

Online edutison

काठमाडौँ । बन्दाबन्दीका बेला विद्यालय जान नपाएका बालबालिकाहरु स्कूल सकेसम्म चाँडो विद्यालय जाने चाहनामा रहेको एक सर्वेक्षणले देखाएको छ ।वल्र्ड भिजन र कन्र्सोटियम नेपालको संयुक्त प्रयासमा गरिएको सर्वेक्षणमा ८८.३५ प्रतिशत बालबालिका विद्यालन जान नपाएको दुखि देखिएका उल्लेख गरिएको छ ।

सर्वेक्षणमा सहभागी भएकाहरु मध्ये २९ प्रतिशत बालबालिकाले मात्र वैकल्पिक पठनपाठनमा सहभागी हुन पाएको देखिएको छ भने वैकल्पिक पठनपाठन गरिएका विद्यालयहरु मध्ये २० प्रतिशत मात्र प्रभावकारी भएको सर्वेक्षणले देखाएको छ । वन्दावन्दीका बेला निजी विद्यालयका बालबालिकाहरूले मात्र वैकल्पिक कक्षा लिएको देखिएको छ ।

कोभिड–१९ का कारण वैकल्पिक शिक्षाका विषयमा गरिएको सो सर्वेक्षणमा ५१ प्रतिशत विद्यालयसँग अनलाईन कक्षाका लागि न्यूनतम आधारभूत व्यवस्थ नै नभएको, ६८ प्रतिशत शिक्षकहरुमा अनलाईन कक्षा व्यवस्थित गर्न सक्ने क्षमता नभएको, ८० प्रतिशत विद्यार्थीसँग अनलाईन कक्षका लागि आवश्यक सामग्री नभएको र ६० प्रतिशत परिवारले अनलाईन कक्षाका लागि आवश्यक सामग्रीको व्यवस्था गर्न असमर्थ रहेको देखिएको छ ।

बन्दाबन्दीको समयमा पनि बालबालिकाहरु माथि विभिन्न खाले हिंसा भएको कन्र्सोटियम र वल्डभिजनले संकलन गरी सार्वजनिक गरेको सर्वेक्षणमा देखिएको छ ।

जसमध्ये फोनमार्फत हिंसा (१६५), मानसिक तनाव वा दवाव (२२५०) यौनजन्य हिंसा वा दुव्र्यवहार (१६५), इन्टरनेटमार्फत हुने हिंसा (१३५), बलात्कारको प्रयास (९५), बलात्कार (९५) लगायतका हिंसाहरु रहेको वताएका छन् । अभिभावकहरूसँग गरिएको सर्वेक्षणमा ३६५ ले आफ्ना बालबालिकालाई बन्दाबन्दी समयमा शारीरिक कार्यबोझ भएको स्वीकार गरेको समेत सर्वेक्षणमा उल्लेख छ ।

बन्दाबन्दीका समय मुलुकभरीका बालबालिकाको अवस्थाका बारेमा जानकारी लिने उदेश्यले सर्वेक्षण गरिएको र यो समयमा बाल संरक्षणका लागि स्थानीय तहका न्यायिक समिति, प्रहरी, बालअधिकार संस्था, बाल क्लवहरु विगतमा भन्दा बढी सक्रिय पाइएको कन्र्सोटियमका अध्यक्ष किरण थापाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...