साउन ८ गतेबाट विद्यार्थी भर्ना खुलाउने सरकारको निर्णय

School 3

काठमाडौँ । साउन ८ गतेबाट विद्यार्थी भर्ना खुलाउने सरकारको निर्णय गरेको छ । सरकारले साउन पहिलो हप्तापछि विद्यार्थी भर्नाका लागि प्रारम्भिक तयारीको प्रक्रिया सुरु निर्णय गरेको हो । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । बैठकले तत्काल विद्यालयहरु नखोल्ने तर अभिलेखिकरणको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको जनाइएको छ ।

त्यसका लागि साउन ८ गतेबाट १५ गतेसम्म सामुदायिक विद्यालयका शिक्षकहरुलाई विद्यालय पुग्नु पर्नेछ । तर कतिपय विद्यालयहरुमा क्वारिन्टन समेत भएको हुँदा त्यसका लागि व्यवस्थापनको तयारी गर्ने निर्णय समेत बैठकले गरेको जनाइएको छ । बैठकले भदौ १ गतेदेखि हवाई उडान समेत खोल्ने निर्णय गरेको छ भने एक जिल्लाबाट अर्को जिल्लामा छोटो दूरीका बस चलाउन दिने निर्णय समेत गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...