बन्दाबन्दीको उपयोग : ‘माक्र्सवादी अनलाइन स्कूल’

68789

काठमाडौँ । कोरोना महामारीका कारण जारी बन्दाबन्दीमा सूचना प्रविधिको उपयोग गरी युवा पुस्ताबीच मुलुकको समृद्धि र समाजवादोन्मुख वैचारिक विमर्श सञ्चालन गरिएको छ ।

‘लोकपाटी मिडिया प्रालि’ले सञ्चालन गरेको ‘माक्र्सवादी अनलाइन स्कूल’ मा दर्शनशास्त्र– ८ दिन, राजनीतिक अर्थशास्त्र– ७ दिन, वैज्ञानिक समाजवाद– ७ दिन, इतिहास– ४ दिन, विज्ञान–प्रविधि– २ दिन, समाजवादी पठन संस्कृति– १ दिन, परीक्षा, कार्यक्रम र समीक्षा– ६ दिन गरी हालसम्म ३५ दिन सञ्चालन भएको छ ।

प्रालिका अध्यक्ष एवं प्रशिक्षक मनहरि तिमिल्सनाका अनुसार पहिलो र दोस्रो चरणमा गरी एक हजार ६०० ले सहभागी हुन चाहेकामा २५० लाई छनोट गरी दैनिक तीन घण्टासम्म कक्षा सञ्चालन भएको छ । ती कार्यक्रममा गोपीरमण उपाध्याय, रामराज रेग्मी, डा. विजयकुमार पौडेल, डा.दिनेशचन्द्र देवकोटा, रामद्वीप आचार्य, लेखनाथ न्यौपाने, डा.विष्णु धिताल, प्रा डा. शोभाकान्त लामिछानेलगायतले प्रशिक्षण दिए ।

पहिलो र दोस्रो चरणको समापनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेतासहित वैचारिक विषयमा दख्खल राख्ने वक्तालाई पनि आमन्त्रण गरिएको थियो । दोस्रो चरणको प्रशिक्षणको समापनमा यही असार ३ गते नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भर्चुअल मन्तव्य दिँदै विचारधात्मक बहस र अनुसन्धानको खडेरी परेको तथा उपभोक्तावदी आत्मकेन्द्रित प्रवृत्ति हावी भएको समयमा यस्ता कार्यक्रमले आदर्श र जनताप्रतिको दायित्वलाई जागृत गर्न योगदान मिल्ने बताएका  थिए ।

प्रशिक्षणका क्रममा १८ बुँदे आचारसंहिता जारी भएको, दुवै चरणमा परीक्षा लिइएको र तेस्रो चरणमा ४२ जना सहभागी गराई प्रशिक्षक प्रशिक्षण पनि सञ्चालन हुन थालेको तिमिल्सिनाले जानकारी दिए ।  उनले नेकपाको केन्द्रीय स्कूल विभागलाई सक्रिय तुल्याउन सकारात्मक दबाब दिँदै नयाँ पुस्तालाई माक्र्सवादी विज्ञानसँग जोड्न लागि कार्यक्रम सञ्चालन गरिएको जनाए ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...