असार १ गतेदेखि विद्यालय तहमा पठनपाठन हुने, यस्तो छ निर्देशिका

Girirajmani pokhrel

काठमाडौं । निजी विद्यालयहरुले जेठ २१ गतेदेखि नै विद्यार्थी भर्ना अभियान सुरु गर्ने बताए पनि शिक्षा मन्त्रालयले रोक लगाएको छ । मन्त्रालयले विद्यालय तहको पठनपाठन आगामी असार १ गतेदेखि सुरु गर्न संघ, प्रदेश र स्थानीय तहलाई आग्रह गरेको छ ।

शैक्षिक संस्था पुनः सञ्चालनबारे कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सिफारिस र नेपाल सरकारको निर्णयअनसार हुने छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै कोरोना भाइरसका कारण लामो समयदेखि अवरुद्ध विद्यालय तहको पठनपाठन आगामी असार १ गतेदेखि सुरु गर्न आग्रह गरेका हुन् ।

‘लामो समयसम्म अवरुद्ध भएको कारण पुग्न जाने शैक्षिक क्षतिलाई न्युनीकरण गर्न अपरिहार्य रहेको सन्दर्भमा विद्यालय जाने उमेरका बालबालिकाको नियमित पठनपाठन सहज अवस्था सिर्जना गर्नका लागि दूर तथा खुला शिक्षा लगायत बैकल्पिक प्रणालीबाट सिकाइमा सहजीकरण गर्न हालै यस मन्त्रालयबाट बैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने सम्बन्धी निर्देशिका–२०७७ जारी गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

सो विज्ञप्तीमा सो निर्देशिकालाई यही २०७७ असार १ गतेबाट कार्यान्वयन गर्न, गराउन संघ, प्रदेश र स्थानीय तहका सम्बद्ध सबै निकायहरु तथा सरोकारवालाहरुलाई हार्दिक आह्वान गरिएको छ ।

साथै, विद्यालय स्तरको स्थगित परीक्षाबारे कोरोना भाइरस महामारीलाई मध्यजन गर्दै निकट भविष्यमा निर्णय गरिने मन्त्री पोखरेलले बताएका छन् । उच्च शिक्षाको पठपाठन र परीक्षाको सम्बन्धन विश्वविद्यलाय अनुदान अयोगको अध्यक्षको नेतृत्वका एक कार्यदलले काम जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...