लोकसेवा आयोगको फारम भर्ने म्याद १ हप्ता थप

काठमाडौँ । लोकसेवा आयोगको विज्ञापनमा दरखास्त दिनका लागि अन्तिम म्याद थपेको छ । ओयोले मंगलबार जारी गरेको सुचना अनुसार अझै एक हप्ता म्याद थपेको हो ।

अनलाइन आवेदन दिने सर्भरमा समस्या आएको गुनासो आयोगमा आएपछि असार १० गतेसम्मका लागि म्याद थप गरिएको जनाएको छ । आयोगको सर्भरमा ‘दिस साइट कान्ट बी रिच्ड’ भन्ने सूचना स्क्रिनमा देखिएको थियो ।

केही गरी साइट खुल्यो भने नयाँ प्रयोगकर्ताहरूले ‘युजर आईडी’ खोल्नुपर्ने हुन्छ । युजर आईडीको फारम भर्ने क्रममा अन्य विवरण त सजिलै भर्न सकिन्छ तर जब जन्म मिति भर्ने ठाउँमा पुगिन्छ त्यहाँ लामो समय लाग्छ । सिस्टममा नै राखिएको वर्ष, महिना र गतेको विकल्प छान्न निक्कै मुस्किल पर्छ, अड्किराख्ने समस्या आएको थियो । फारम भर्ने अन्तिम म्याद भएपनि अब असार १० गतेसम्म फारम भर्न सकिने छ भने दोब्बर दस्तुर तिरेर असार १७ गतेसम्म फारम भर्न सकिने आयोगले जनाएको छ ।



प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...