लोकसेवाको बिज्ञापन रद्द नहुने यस्तो आयो खबर,एक लाखले दरखास्त दिए,दरखास्त दिने समय थपिने

काठमाडौँ । एकातिर संसदको राज्यव्यवस्था समितिले लोकसेवा आयोगको विज्ञापन रद्ध गर्ने निर्देशन दिइसकेको छ । तर परीक्षाको तयारी गरिरहेकाहरुले भने दिन प्रतिदिन फाराम भरिरहेका छन् । अयोगले गत जेठ १५ गते ९ हजार १ सय ६१ कर्मचारी माग्दै विज्ञापन खोलेको थियो । यो बीचमा झण्डै एक लाखले लोकसेवाका लागि दरखास्त आवेदन दिइसकेको आयोगका प्रवक्ता किरणराज रेग्मीले जनाए ।

 आयोगको विज्ञापन संविधानअनुसार समावेशी नभएको भन्दै संसदको राज्य व्यवस्था तथा सुशासन समितिले स्थगित गर्न सरकारलाई निर्देशन दिए पनि अनलाइनबाट आवेदन दिनेको संख्या बढिरहेको छ । आयोगले ३ असारसम्म आवेदन दिन सकिने व्यवस्था मिलाएको छ । आवेदन गर्न अझैं एक साता समय बाँकी छ । 

बुधबार मात्रै देशभरबाट झण्डै आठ हजार जनाले विभिन्न पदका लागि आवेदन दिएका छन् । यो समाचार तयार पार्दासम्म आवेदन दिनेको संख्या एक लाख  नाघिसकेको छ । सरकार र आयोगले रद्द गर्ने निर्णय नगरेकाले आवेदन नरोकिएको लोकसेवा आयोगका प्रवक्ता किरण रेग्मीले सुनाए ।

संसदीय समितिले निर्देशन दिए पनि आयोगको बैठकले थप निर्णय नगरेकाले आवेदन प्रक्रिया नरोकिएको सुवेदीले स्पष्ट पारे । उनका अनुसार यदि विज्ञापन रोक्ने निर्णय भएमा आवेदकले बुझाएको शुल्क फिर्ता हुनेछ । श्रोतका अनुसार थप एक साता दरखास्त दिने समय थपिदै छ । 

‘आयोगको बैठकले थप निर्णय नगर्दासम्म आवेदन लिने क्रम चलिरहन्छ, यदि रद्द गर्ने निर्णय भयो भने आवेदकले बुझाएको शुल्क फिर्ता हुने लोकसेवाले जनाएको छ । यता विज्ञापन रद्द नगर्नेगरी सबैलाई मान्य हुने विकल्प खोज्न पनि सरकार र आयोगलाई दबाब बढेको छ ।

मन्त्री पण्डितले विज्ञापन रद्द गर्न दिइएको निर्देशनको औचित्य पुष्टि गरेर देखाउन राज्य व्यवस्था तथा सुशासन समितिलाई चुनौती दिएका छन्  । अदालतले पनि छेकबार नलगाउने संकेत दिएको छ,असार ३ गते सर्बोच्चले अन्तिम निर्णय सुनाउदै छ ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...