नि.मा.बि. तहका शिक्षकको लिखित परिक्षाको अन्तिम नतिजा यस्तो छ (सबै विवरण सहित)

काठमाडौँ । शिक्षक सेवा आयोगबाट खुला परीक्षाद्वारा निम्न–माध्यमिक तह, तृतीय श्रेणीको शिक्षक पदपूर्तिका लागि २०७५ असोज १२ गते लिइएको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ । २०७६ जेठ २५ गते आयोगको निर्णय अनुसार लिखित परिक्षामा उतिर्ण भएका उम्मेदवारहरुलाई अन्तवार्तामा सहभागी हुन सूचना प्रकाशित गरेको छ ।

आयोगले २०७६ जेठ २५ गते शनिबार खुला प्रतियोगितात्मक परीक्षा तर्फ निम्न माध्यमिक तहको गणित विज्ञान विषयको पश्चिमाञ्चल क्षेत्रको, खुला प्रतियोगितात्मक परीक्षा तर्फ निम्न माध्यमिक तहको गणित विज्ञान विषयको मध्यपश्चिम क्षेत्रको र खुला प्रतियोगितात्मक परीक्षा तर्फ निम्न माध्यमिक तहको गणित विज्ञान विषयको सुदुरपश्चिम क्षेत्रको लिखित परिक्षाको अन्तिम नतिजा प्रकाशित प्रकाशित गरेको छ ।

यसैगरि शिक्षक सेवा आयोगबाट प्रकाशित निम्नमाध्यमिक तृतीय श्रेणीको खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजाको परीक्षाफल एस।एम।एस सेवावाट पनि लिन सकिनेछ । त्यसका लागि उम्मेदवारले टिएससी स्पेस आफ्नो रोल नं.टाइप गरी इन्टर थिची ३१००७ नम्बरमा एस।एम।एस गरी परीक्षाफल सम्बन्धी जानकारी लिन सकिनेछ ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...