इन्जिनियरिङ कलेज विवाद : भर्ना शुल्क बैंकमा की निजी खातामा ?

इन्जिनियरिङ कलेजका सञ्चालक बीचको विवादले विद्यार्थीमा अन्योल

Nec 1

काठमाडौ‌ । नेपालीमा एउटा उखान प्रचलनमा छ कहिँ नभएको जात्रा हाँडिगाउँमा तर यो उखानलाई पनि माथ खुवाउने गरी ब्यवहारमा चरितार्थ भएको छ भक्तपुर चाँगुनारायण नगरपालिकामा अवस्थित नेपाल इन्जिनियरिङ कलेजमा । नेपाल इन्जिनियरिङ कलेजमा सञ्चालकहरुको विवाद उत्कर्षमा पुगेको छ ।

विवादका कारण विद्यार्थी र अभिभावक अन्यौलमा परेका छन् । यसै शैक्षिक सत्रमा भर्नाको विषयलाई लिएर झन् विवाद उत्कर्षमा पुगेको हो ।

भर्नाका लागि लिएको प्रवेश परिक्षापछि उत्तीर्ण विद्यार्थीलाई नगद दस्तुर तिरी भर्ना हुन र बैंक खातामा जम्मा नगर्न पत्रपत्रिकामार्फत विज्ञापन भएकाले उनीहरू अन्योलमा परेका हुन् ।

सरकारले कुनै पनि कार्य गर्न एक रुपैंया पनि कारोवार गर्न बैक मार्फत गर्नुपर्दछ भन्छ तर नेकमा भने खुलेयामा विद्याथीलाई छक्काउँदै पैसा कुम्लाउने प्रयास भइरहेको छ ।

कलेज सञ्चालक रहेका दीपक भट्टराई समूहले ‘नगद ल्याऊ’ भन्ने कलेजका कार्यकारी अध्यक्ष लम्बोदर न्यौपानेले उत्तीर्ण विद्यार्थीलाई ‘नगद तिरे जवाफदेही नहुने’ भन्दै खातामा जम्मा गर्न पत्रपत्रिकामा विज्ञापन प्रकाशन गरेबाट विद्यार्थी र अभिभावक भर्ना हुन अन्योलमा परेका हुन् ।

‘छोराछोरीको नाम त निस्कियो तर के गर्ने भनेर अन्योलमा परेका छौं,’ अभिभावकले गुनासो गरेका छन् । दुवै पक्षको विवाद रहे पनि दुवै पक्षले प्रोस्पेक्टसमा भने लम्बोदर न्यौपानेलाई नै अध्यक्ष राखेका छन्।

भक्तपुर जिल्लाको चाँगुनारायणमा अवस्थित र नेपालको निजी क्षेत्रबाट स्थापना भएको पहिलो र निजी क्षेत्रको सबैभन्दा ठूलो इन्जिनियरिङ कलेज २०५१ सालमा सात जना शिक्षाप्रेमीबाट सुरु भएको हो ।

यो कलेजमा यिनै सात जनाको लगानी हालसम्म पनि रहेको छ । हाल कलेजका सञ्चालकमा लम्बोदर न्यौपाने, सूर्यबहादुर केसी, रामरत्न उपाध्याय, लवराज भट्टराई, डा. उपेन्द्र गौतम, हरि पाण्डे र सलिल भट्टराई रहेका छन् ।

सलिल भट्टराई संस्थापकमध्येका एक दीपक भट्टराईका छोरा हुन्, पूर्वसंस्थापक सदस्य रहेका उनले आफ्नो सट्टामा छोरा सलिल भट्टराई सञ्चालक सदस्य बनाएका थिए । सञ्चालक समितिकै केही सदस्यले कलेजको स्वामित्व हत्याउने नियत राखेकाले अहिलेको विवाद देखिएको स्रोतको भनाइ छ ।

यसरी हुँदैछ ब्रम्हलुट

सरकारले कुनै पनि कार्य गर्न एक रुपैंया पनि कारोवार गर्न बैक मार्फत गर्नु पर्दछ भन्छ तर नेकमा भने खुलेयामा विद्याथीलाई छक्काउँदै पैसा कुम्लाउने प्रयास भइरहेको छ ।

भर्ना अभियान अन्तर्गत परिक्षा सम्पन्न भई सकेपछि कलेजले विभिन्न पत्रपत्रिका मार्फत विद्यार्थीलाई भर्ना हुन् आउन आग्रह गर्दै भर्ना हुँदा लाग्ने शुल्क कलेजको आफ्नो विभिन्न बैक खातामा जम्मा गर्नुहुन तथा उक्त बैंक जम्मा भौचरको प्रतिलिपि ल्याई भर्ना हुन् सूचना जारि गर्यो ।

हुन् पनि हो आजको जमाना एक रुपैँया कारोवार गर्न त बैंक मार्फत गरिन्छ यो राम्रो र पार्दशी प्रक्रिया पनि हो । तर पहिलो दिन बैंकमा पैसा जम्मा गर्न आग्रह गरेको उक्त कलेजले भोली पल्ट नै पुन सूचना जारि गर्दै विद्यार्थीलाई बैंकका पैसा जम्मा गरेमा त्यसको जिम्मेवार कलेज हुने छैन् । भर्ना हुन् आउने विद्यार्थीले नगद नै लिएर कलेजमा जम्मा गर्न आग्रह गर्दै अर्को सूचना जारी गर्यो ।

एक रुपैंयाको कारोवार पनि बैंक मार्फत गर्नु पर्ने नियम कानुन भएपनि नेकले भने सयौं विद्यार्थीसँग खुल्लेआम जनही चार लाख रुपैयाका दरले रकम असुली गरी सार्वजनिक रुपमा सरकारको खिल्ली उडाएको छ ।

कलेजलाई समाजिक संस्थाको रुपमा ब्यख्या गर्दै आउने हरुले नै वित्तिय कारोवारमा वित्तिय संस्थाको प्रयोग नगरी यसरी नगदमा नै कारोवार गर्नु बाट उनीहरुको नियतमा खोट भएको सरोकारवालाहरु बताउँछन् ।

अघिल्लो पटक पनि यसैगरी वित्तिय संस्थाको प्रयोग बेगर नगद नै उठाएको नेकसँग उक्त समयमा उठेको पैसाको हिसाव किताव छैन् । यसको सम्वन्धमा कुरा गरेमा उनीहरुले विभिन्न बहाना बनाउने गरेको उनीहरुको आरोपसमेत छ ।

कलेजमा आर्थिक अनियमितताको आरोप लगाउँदै आएकाहरुले नै कलेजमा आर्थिक अनियमितता गर्दै आएको र अरुलाई फसाउने काम गर्दै आएको कलेजका एक कर्मचारी बताउँछन् ।

कलेजमा उठेको पैसा राख्न कलेजमा छुट्टै सेपको ब्यवस्था गरिएको छ । नअटेको पैसा पोको पारेर कलेजमा भएका संचालकले घर कुदाउने गरेको उनी बताउँछन् । कलेजमा कति विद्यार्थीले के कति पैसा तिरे त्यसको हिसाव किताव छैन् । वित्तिय संस्थाबाट गर्नुपर्ने कार्य कलेजले नियम विपरित नगदमा नै गरि रहेको छ । यस्तो गलत नियतको संरक्षण गर्नेहरुप्रति आफुलाई लाज लागेको उनी बताउँछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...