स्कुल बसमा विद्यार्थी कोचाकोच : ३५ जनाको सिटमा ९० जना विद्यार्थी, एउटै सिटमा चार जनासम्म

Student chitwan

चितवन । अधिकांश निजी विद्यालयका स्कुल बसहरुले क्षमता भन्दा दुई गुणा बढी विद्यार्थीहरु बोकेको पाइएको छ ।

सामान्यता एउटा बसमा ३५ जनाको लागि सिट हुन्छ तर स्कुल बसले ८०र९० जना विद्यार्थीसम्म बोक्ने गरेका छन् ।

अभिभावकसँग प्रत्येक विद्यार्थीको मासिक रुपमा शुल्क उठाउने विद्यालयले विद्यार्थीलाई भने त्यस अनुरुपको सेवा दिएको छैन । केही स्कुल बसमा विद्यार्थीलाई भेडाबाख्रा जसरी बोक्ने गरिएको छ । बसमा उभिने समेत ठाउँ नहुने गरी विद्यार्थी बोक्ने गरेका छन् ।

क्षमताभन्दा बढी विद्यार्थी बोकेर बस निर्वाध गुड्ने गरेका छन् तर त्यसतर्फ ट्राफिक प्रहरीको ध्यान पुग्न सकेको छैन । पूर्वी चितवनको डेजी स्कुल, नेपाल आदर्श शिक्षा सदन र ओसिएन एकेडेमीको स्कुल बसले क्षमताभन्दा बढी विद्यार्थी बोकेका छन् । यी विद्यालय त प्रतिनिधिमूलक नाम मात्रै हुन्, चितवनका अधिकांश विद्यालयका बसहरुले क्षमताभन्दा बढी विद्यार्थी बोक्ने गरेका छन् ।

सडकमा क्यामरासहित निगरानी गरेको थाहा पाएपछि क्षमताभन्दा बढी विद्यार्थी बोकेको डेजी स्कुलको ग१ क३१३८ नम्बरको स्कुल बसले विद्यालय भन्दा एक किलोमिटर टाढै केही विद्यार्थीलाई झारेर उनीहरुलाई पैदल हिडाएरै स्कुल पठाएका थिए ।

डेजीकै ना१ क६९२५ नम्बरको स्कुल बसमा त भित्र पस्ने ठाउँसमेत नहुने गरी विद्यार्थीहरु कोचाकोच गरेर उभिने गरेका छन् । त्यस्तै नेपाल आदर्श शिक्षा सदनको ना २ ख ९९७१ नम्बरको स्कुल बसले एउटै बसमा करिब ८० जना विद्यार्थी बोक्ने गरेको छ । स्कुल बसमा एउटै सिटमा चार जना विद्यार्थीसम्म राख्ने गरिएको छ । कुनै पनि सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु बोक्न नमिल्ने र विद्यालय बस त अझ संवेदनशील भएकोले त्यस्तो भेटे कारबाही गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक बेदप्रसाद गौतमले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...