नेपाली विद्यार्थी अध्ययनका लागि भारत जान बाध्य

School 3

नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँका बालबालिका कक्षा ६ पछिको माथिल्लो कक्षा अध्ययनका लागि भारतीय विद्यालयमा जान बाध्य छन् ।

सुस्ता गाउँपालिका–५ सुस्तामा रहेको एकमात्र विद्यालय जनता दलित प्राथमिक विद्यालयमा कक्षा ६ सम्म मात्र पठनपाठन हँुदै आएपछि माथिल्लो कक्षा अध्ययनका लागि विद्यार्थी भारतका विभिन्न विद्यालयमा जान बाध्य भएका हुन् ।

सुस्तामा कक्षा ६ पछि अध्ययनको व्यवस्था नहँुदा विद्यार्थी अध्ययनका लागि भारतीय विहार राज्यको भंैसालोटन बजारका विद्यालयमा अध्ययन गर्न जान बाध्य भएको जनता दलित प्राविका प्रधानाध्यापक उदयबहादुर रुचालले जानकारी दिए ।

करीब ७० प्रतिशत विद्यार्थी भारतीय बजारमा अध्ययन गर्न बाध्य छन् ।
सुस्ताको विद्यालयमा पर्याप्त शिक्षक, आवश्यक भौतिक संरचनालगायतको अभावमा विद्यालयमा कक्षा ६ पछिको माथिल्ला कक्षा सञ्चालन गर्न नसकिएको सुस्ता गाउँपालिकाका शिक्षा स्रोत व्यक्ति टंकनाथ ढकालले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका ४ कर्मचारी संगठनले बुझाए सभामुखलाई प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र

Karmachari gyapan dkt

धनकुटा । धनकुटाका विभिन्न ४ वटा कर्मचारी संघ संगठहरुले संघीय निजामती ऐन जारी गर्न माग गर्दै जिल्ल...