भूकम्पले भत्किएको भानु माविको पुनस्निर्माण सुरु

Durbar high

काठमाडौं । २०७२ सालमा गएको विनाशकारी भूकम्पले क्षतिग्रस्त भएको भानु माध्यमिक विद्यायलय (दरबार हाई स्कुल) को पुनस्निर्माणको काम सुरु भएको छ ।

चीन सरकारको सहयोगमा पुनस्निर्माण गर्न लागिएको विद्यालयको शुक्रवार शिक्षामन्त्री गिरिराजमणि पोखरेल र नेपालका लागि चिनियाँ राजदूत यु होङले संयुक्त रूपमा सिलन्यास गरे ।

भूकम्पपछिको भौतिक संरचना पुनस्निर्माणका लागि २३ जुलाई २०१५ मा २५ वटा पुनस्निर्माणका आयोजनामा अर्थ मन्त्रालय र चीन सरकारको वाणिज्य मन्त्रालयबीच सम्झौता भएको थियो। सोही सम्झौता अनुसार दरबार हाई स्कुलको पुर्न्निर्माण चीनले लागेको हो ।

विद्यालय पुनस्निर्माणको सिलन्यास गर्दै मन्त्री पोखरेलले तोकिएकै मिति र निर्धा्रित डिजाइनमा गुणस्तरीय भौतिक संरचनाको निर्माण हुने विश्वास व्यक्त गरे ।

मन्त्री पोखरेलले आफूले शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेपछि १० बुँदे मार्ग चित्र सार्वजनिक गरेको र त्यसमा सम्पुर्णतामा विद्यालयको अवधारणा पनि समावेश रहेको उल्लेख गर्दै पुनस्निर्माणपछि दरबारहाईस्कुल पनि सम्पुर्णतामा विद्यालयको अवधारणामा अघि बढ्ने विश्वास लिएको बताए ।

विद्यालयको पुनस्निर्माणको काम चीनले छनोट गरेको निर्माण कम्पनीले गर्न लागेको हो । विद्यालयको २० महिना भित्र पुनस्निर्माण कार्य सम्पन्न गर्नुपर्नेछ ।

१ सय ६५ वर्ष अगाडि स्थापना भएको दरबार हाई स्कुल नेपालको पुरानो विद्यालय हो ।

प्रतिकृया दिनुहोस