कक्षा १२ को नतिजामा अंग्रेजी मै कमजोर

Exam bord

काठमाडौं । कक्षा १२ को परीक्षामा सबैभन्दा धेरै विद्यार्थीले मध्यमस्तरको जीपीए प्राप्त गरेका छन् । गत वैशाख १४ देखि २७ सम्म सञ्चालित परीक्षामा कुल ४ लाख १७ हजार ८९ परीक्षार्थी सम्मिलित थिए ।

राष्ट्रिय परीक्षा बोर्डले पहिलोपटक ग्रेडिङ प्रणालीअनुसार सार्वजनिक गरेको कक्षा १२ को नतिजामा मध्यमस्तरको जीपीए २.०१ देखि २.४० ल्याउने परीक्षार्थीको संख्या ९० हजार २ सय ९९ छ ।

नतिजाअनुसार अनिवार्य अंग्रेजी विषयमा विद्यार्थी कमजोर देखिएका छन् । २ लाख ९८ हजार ९ सय २९ जनाले अंग्रेजीको परीक्षा दिएका थिए, जसमध्ये एक सय ७० जनाले मात्रै ए प्लस प्राप्त गरेका छन् ।

अंग्रेजीमा पनि मध्यस्तरको ग्रेड प्वाइन्ट प्राप्त गर्ने विद्यार्थीको संख्या सबैभन्दा बढी ४८ हजार एक सय छ । अंग्रेजी विषयमा मात्र डी प्लसभन्दा थोरै ग्रेड प्राप्त गर्ने एक लाख ४५ हजार परीक्षार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् ।

एउटा विषयमा डी प्लस वा त्योभन्दा कम ग्रेड आएमा विद्यार्थीले ग्रेड वृद्धिको परीक्षा दिन पाउँछन् । उक्त परीक्षा भदौ १६ मा हुने बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले दिए । पुनर्योगका लागि भदौ १ भित्र निवेदन दिनुपर्नेछ ।

प्रतिकृया दिनुहोस