एभरेष्ट स्कुलले दियो ९ जनालाई छात्रवृति

School news vaktapur

भक्तपुर । भक्तपुरको एभेरेष्ट इङलिस स्कुलले भक्तपुरकै भार्वाचोस्थित गणेश माध्यमिक विद्यालयका छात्रवृति रकम वितरण गरेको छ ।

एभरेष्ट स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले गणेश स्कुलका प्रधानाध्यापक गंगाप्रसाद याकामीलाई २२ हजार रुपैयाँं बराबरको चेक हस्तान्तरण गरे । गणेश स्कुलका ९ जना विद्यार्थीका उक्त छात्रवृति रकम हस्तान्तरण गरिएको हो ।

सरकारी स्कुल र त्यसका विद्यार्थीलाई उत्कृष्ट गराउन सहयोग गर्ने सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलको सरकारी योजनाअनुसार सहयोग गरेको एभरेष्ट स्कुलका संस्थापक प्रिन्सिपल राजभण्डारीले बताए । सो छात्रवृति वितरण कार्यक्रममा ९ जना विद्यार्थीलाई एभरेष्ट स्कुलकै सहायक प्रिन्सिपल कमलादेवी अमात्य राजभण्डारीले स्टेशनरी सामान वितरण गरिन् ।

एभरेष्ट स्कुलले गणेशसहित भक्तपुरका बालभूषण निम्न माध्यमिक विद्यालय झौखेल, भैरवी निमावि गुण्डु र कालिका आधारभूत विद्यालय कलमसी भक्तपुरलाई पनि सहयोग गर्दै आएको जनाएको छ ।

प्रतिकृया दिनुहोस