कक्षा १२ को नतिजा सार्वजनिक गरिँदै

Hseb

परिक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्न लागेको छ ।

नतिजा प्रकाशनका लागि बैठक बसिरहेकाले केही समयमै प्रकाशित गरिने बोर्डले जनाएको छ ।

सबै तयारी पूरा भएकाले केही समयमै नतिजा सार्वजनिक गरिने बोर्डका कार्यकारी निर्देशक दुर्गाप्रसाद अर्यालले बताए ।

यो वर्ष पहिलो पटक कक्षा १२ का सबै समूहको नतिजा एकैपटक प्रकाशित गर्न लागिएको छ ।

यसअघि पहिलो चरणमा बिज्ञानको मात्रै सार्वजनिक गर्ने गरिएको थियो । यो वर्ष परीक्षामा करिब ४ लाख बिद्यार्थी सहभागी थिए ।

कक्षा १२ को नतिजा results.ekantipur.com लग इन गरेर नतिजा हेर्न सकिने छ । यस बाहेक एसएमएसबाट नतिजा प्राप्त गर्न सकिने छ । यसका लागि results (Space) Symbol number टाइप गरी ३५००१ मा पठाउन सकिनेछ ।

प्रतिकृया दिनुहोस