कक्षाको १२ को नतिजा भोली सार्वजनकि गरिने

Rastriya pariksha

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले प्राविधिक समस्या आएको भन्दै कक्षा १२ को नतिजा भोलि बिहीबार सार्वजनकि गर्ने बताएको छ ।

मंगलबार नतिजा प्रकाशनको लागि सबै काम सक्किसकेको जनाउँदै बुधबार नतिजा सार्वजनिक गरिने बताइएको थियो । बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले भने, ‘भोलि नतिजा सार्वजनिक गर्छौं । अझै फाइनल गर्न बाँकी छ । काम गर्दै जाँदा केही प्राविधिक समस्या आइर्पयो । आज नतिजा प्रकाशन गर्न सकेनौं ।’

बोर्डका केही सदस्य बुधबारको बैठकमा उपस्थित हुन नसक्ने जनाएपछि नतिजा भोलिका लागि सारिएको स्रोतले बतायो । स्रोतले भन्यो, काम मंगलबारै सकिएको छ । बोर्डका पदाधिकारी बसेर डेमो भइसक्यो अब गर्न बाँकी केही छैन ।

यसपटक बोर्डले नियमितको अक्षरांकमा र आशिंकको नम्बर नतिजा प्रकाशित गर्दै छ । परीक्षामा करिव ४ लाख विद्यार्थी सहभागी छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा खानेपानीको समस्या हुन दिन्नँ : खानेपानी मन्त्री राई

Dkt ktm samparka program

काठमाडौं । खानेपानी राजेन्द्रकुमार राईले यो वर्षदेखि धनकुटाका कुनै पनि स्थानमा खानेपानीको समस्या ...