अग्निपीडित बालबालिकालाई शिक्षक संघद्धारा पोशाक वितरण

School

सुनसरी । बराहक्षेत्र नगरपालिका- ११ मधुवनका अग्निपीडित बालबालिकालाई शनिबार नेपाल शिक्षक संघले पोशाक वितरण गरेको छ ।

४ महिना अघि बराहक्षेत्र नगरपालिका- ११ मधुवनको कोशी क्षेत्रमा रहेको सरदार बस्तीमा आगलागीबाट पीडित भएका बालबालिकालाई संघले पोशाक वितरण गरेको हो ।

अग्निपीडित २५ जना बालबालिकालाई विद्यालय जान सहज होस् भनेर पोशाक वितरण गरेको संघ सुनसरीका अध्यक्ष बेनु सिग्देलले जानकारी दिए ।

मधुवनमा भएको आगलागीमा ५२ घरका १ करोड ५० लाख बढीको क्षति भएको थियो । सोही क्रममा विद्यालय जाने उमेर समूहका विपन्न र दलित बालबालिकाको पोशाक र पाठ्यपुस्तकसमेत जलेर नष्ट भएको थियो ।

घटनाका बारेमा विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन प्रसारण भएपछि सरोकार भएकाले सो क्षेत्रमा सहयोग गर्नेक्रम जारी रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका ४ कर्मचारी संगठनले बुझाए सभामुखलाई प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र

Karmachari gyapan dkt

धनकुटा । धनकुटाका विभिन्न ४ वटा कर्मचारी संघ संगठहरुले संघीय निजामती ऐन जारी गर्न माग गर्दै जिल्ल...