किन प्यूठानमा दिनहुँ हुँदैछन् विद्यार्थी बेहोस ?

Student bihos

प्युठान । घरबाट विद्यालयसम्म आउँदा उनीहरु ठीक हुन्छन्, तन्दुरुस्त हुन्छन् । तर, दोस्रो वा तेस्रो घण्टी पढ्न नपाउँदै चिच्याउन थाल्छन् । कक्षा कोठामा कोही अचेत र कोही अर्धचेत हुन्छन् ।

भट्ट यो तस्विर हेर्दा लाग्न सक्छ यहाँ कुनै रंगमञ्चमा नाटक मञ्चन हुँदैछ । तर, तस्विरमा देखिएको दृष्य कुनै रंगमञ्चको होइन, यो त अमृत जीवन माध्यमिक विद्यालय नारीकोटमा अध्ययनरत छात्रहरु दैनिक पीडाको हो । जहाँ दैनिक यसरी नै विद्यार्थीले पीढा खेप्दै आएका छन् ।

प्यूठानको गौमुखी –७ मा रहेको अमृत जिवन माध्यमिक विद्यालय नारीकोटका विद्यार्थी कक्षा कोठामा पढाई भइरहेका बेला एक्कासी विद्यार्थी वेहोस बन्न थालेका छन् ।

विद्यार्थी दैनिक रुपमा अचेत हुन थालेपछि एक हप्ताका लागि विद्यालय नै बन्द गरिएको छ । जसका कारण पठनपाठन अवरुद्ध भएको छ । बिहिबार मात्र ४८ जना विद्यार्थी वेहोस भएका छन् । जसमध्ये ३७ छात्रा र ११ जना छात्र छन् ।

‘भुत आयो आयो, नाई जाँदिन’ भन्दै कराउँदै छात्रछात्रा अचेत हुने गरेका छन् । ७ कक्षाभन्दा मुनी अध्ययनरत ७ देखि १५ वर्षका छात्रछात्रा दैनिक १÷२ घण्टासम्म बेहोस हुने गरेको शिक्षक सन्तोष पोख्रेल बताउँछन् ।

शिक्षकले पढाइरहेका बेला कक्षाकोठामा विद्यार्थी एक्कासि बेहोस भएर ढलेका थिए । विद्यालयमा पठनपाठन भइरहेको बेला दैनिक विद्यार्थी बेहोस हुने शिक्षक सन्तोष पोख्रेलले बताए ।

यसअघि पनि कक्षा ३ की ९ वर्षीय बिमला बिक अचेत भएकी थिइन् । पछिल्लो दुई साता यता दिनहुँ ४÷५ जनाको संख्यामा विद्यार्थी बेहोस हुने गरेका छन् । यो विद्यालयमो यसरी विद्यार्थी वेहोस् हुने गरेको यो पहलिो घटना चाँही होइन, यसअघिका वर्षहरुका पनि यसरी नै विद्यार्थी वेहोस् हुने गरेका थिए ।

यस्तो देखिन्छ लक्षण
धेरै जसो बालबालिकाहरु ७ वर्षदेखि १४ वर्ष उमेर समुहका छन् । उनीहरु वेहोस् हुनुअघि पढ्दापढ्दै एक्कासी ‘भुत आयो आयो’ भनेर चिच्याउने र चिच्याउँदा चिच्याउँदै अचेत हुने गर्छन् ।

बेहोस हुँदा शरीर काप्ने, पेट दुख्ने, रिंगटा लाग्ने र बेहोस भएपछि चिच्चाउने कराउने गर्छन् । उनीहरु त्यो बेला मान्छे नै चिन्दैनन् । वेहोसलाई एकान्तमा राखेको १ देखि २ घण्टापछि सामान्य अवस्थामा आउँछन् ।

सबै जसोमा एउटै लक्षण देखिन्छ । एउटै बेञ्चमा बसेका र मन मिल्ने साथी बेहोस हुने बित्तिकै अर्को साथी पनि त्यसरी नै वेहोस हुने गर्छन् । तयसमा पनि एउटै व्यक्ति पटकपटक वेहोस् हुन्छन् । एउटै व्यक्तिलाई दैनिक दोहोर्याइ तेहेर्याइ हुने गरेका छ ।

विद्यालयमा वेहोस् भएका विद्यार्थी घर पुगेपछि भने ठीक हुने गरेको स्थानीय दानबहादुर सुनार शमसेर बताउँछन् । ‘यो अनौठो भयो’ उनले भने ‘विद्यालयमा बालबालिका एक्कासी बेहोस पर्न थाले, केही गर्दा नि ठीक भएको छैन ।’

प्रयास अनेक
अहिले दैनिक रुपमा अभिभावक विद्यालय आउने गर्छन् । समस्या बल्झिदै जान थालेपछि अभिभावकले दिनहुँ अढाई घण्टासम्म छोराछोरीलाई विद्यालयमै पुगेर सम्झाउने गरेका छन् ।

दैनिक विद्यार्थी बेहोस हुन थालेपछि बिहीवार प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर घिमिरे, प्रहरी नायब उपरीक्षक राजेन्द्र पोख्रेल, जिल्ला अस्पतालका स्वास्थ्यकर्मीको टोली विद्यालयमा पुग्यो ।

प्रारम्भमा स्वास्थयकर्मीको टोलीले माससिटोरिया भएको आशंका गरेको छ ‘प्रारम्भिक रुपमा हेर्दा मास हिस्टेरीया जस्तो देखिन्छ’ जिल्ला स्वास्थ्य कार्यालय प्यूठानमा कार्यरत डा. समिर लामा भन्छन्, ‘यो रोग एकपछि अर्काेमा सर्दै जान्छ, त्यसैको प्रभाव हुनुपर्छ ।’

अहिले मनोपरामर्शदाता सहितको थप बिज्ञको टोली झिकाउन गृहमा अनुरोध पत्र पठाइसकिएको प्रजिअ घिमिरे बताउँछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...