१०२ विद्यार्थीलाई १ शिक्षक !

Education

प्रदेश ३ का माविमध्ये काभ्रेको महाभारत गाउँपालिकामा कम शिक्षक अध्यापन गराउँछन् ।

शिक्षक दरबन्दी पुनर्वितरण सुझाव कार्यदलको तथ्यांकअनुसार मावि तहमा उक्त गाउँपालिकामा शिक्षक अनुपात १०२ रहेको छ ।

माविमा सबैभन्दा कम अनुपात काभ्रेको धुलिखेल नगरपालिकामा रहेको कार्यदलले देखाएको हो । यहाँ १० विद्याथी बराबर एक शिक्षक छन् ।

प्राथमिक तहको सबभन्दा कम रसुवाको उत्तरगंगा गाउँपालिका, भक्तपुरको चाँगुनारायण नगरपालिका, काभ्रेको धुलिखेल नगरपालिकामा प्रतिशिक्षक नौ र सबैभन्दा बढी काठमाडौंको टोखा नगरपालिकामा प्रतिशिक्षक ६१ विद्यार्थी रहेको छ ।

शिक्षा नियमावलीले विद्यार्थी शिक्षक अनुपात हिमाली जिल्लामा ४०, पहाडमा ४५ र तराई र उपत्यकामा ५० हुनुपर्ने व्यवस्था गरेको छ ।

 

प्रतिकृया दिनुहोस