पूर्ण भर्ना अभियान घोषणामा प्युठान नगरपालिका पहिलो

Student varna pyuthan

प्युठान । प्युठान नगरपालिका पूर्ण भर्ना अभियान घोषणा गर्ने पहिलो नगरपालिका बनेको छ । प्यूठानका ९ वटा स्थानीय तहमध्ये प्युठान नगरपालिकाका सबै बालबालिका विद्यालय भर्ना भएका छन् ।

प्युठान नगरपालिकामा ५२ वटा सामुदायिक विद्यालय, १२ वटा संस्थागत विद्यालय, ६९ वटा बालविकास केन्द्र, ५ वटा सामुदायिक सिकाई केन्द्र र २ वटा वैकल्पिक विद्यालयहरू संचालनमा रहेका छन् ।

यस शैक्षिक सत्रमा विद्यालय जाने उमेरका ५ देखि १२ वर्षसम्मका ६ हजार ५ सय ५२ जना बालबालिका विद्यालय भर्ना भएको नगरपालिकाको दावी छ ।

विद्यालय जाने सबै बालबालिका भर्ना भएको देखिएको नगरपालिकाको भनाई छ । नगरपालिकाको आधारभुत तहको औषत सिकाई उपलब्धि ६० प्रतिशत रहेको छ ।

यस शैक्षिक सत्रको पहिलो भर्ना अभियानको तथ्यांकअनुसार सबै विद्यालयमा गरी कक्षा १० सम्म ११ हजार ५ सय ६७ विद्यार्थी छन् । तीमध्ये पनि ५ हजार ६ सय ८१ छात्रा र ५ हजार ८ सय ८६ छात्र छन् ।
प्युठान नगरपालिकाका अनुसार कक्षा ८ सम्म ९ हजार ७ सय ११ विद्यार्थी छन् । तीमध्ये ४ हजार ७ सय १८ छात्रा र ४ हजार ९ सय ९३ छात्र रहेका छन् ।

प्रतिकृया दिनुहोस