झुक्याए लम्बोदरले उच्च अदालतलाई, कहाँबाट आयो पश्चिमाञ्चल विश्वविद्यालय ?

Lambodar neupane

काठमाडौं । हुँदै नभएको विश्वविद्यालय नेपालमा देखिएको छ । अहिलेसम्म नभएको पश्चिमाञ्चल विश्वविद्यालयबाट सम्वन्धन प्राप्त गरेको भनी उच्च अदालत पाटनमा मुद्धा दायर गरी फैसलासमेत आएको देखिएको छ ।

विवादित नेपाल इन्जिनियरिङ कलेजका दुई पक्षमध्ये एक पक्षका अध्यक्ष भनिएका लम्बोदर न्यौपानेले अदालतलाई झुक्याउँदै अस्तित्व नै नभएको पश्चिमाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएको भनी अर्को पक्षका प्राडा दीपक भट्टराई लगायतले गरेको निर्णय बदर गरी पाउँं मुद्धा दर्ता गरेका थिए ।

दर्ता गरेको मुद्धामा बैशाख १९ गते उच्च अदालतले नेपाल इन्जिनिरिङ कलेज पश्चिमाञ्चल विश्वविद्यालयबाट नै सम्वन्धन लिई चलाएको र नेपाल इन्जिनियरिङ कलेजमा रहेको विवाद सम्बन्धित विश्वविद्यालय (हुँंदै नभएको पश्चिमाञ्चल विश्वविद्यालय) बाटै आवश्यक कारबाही हुनुपर्ने देखिन आएको भनी फैसला सुनाएको थियो ।

हालसम्म नेपालमा त्रिभवन विश्वविद्यालय कीर्तिपुर, काठमाडौं विश्वविद्यालय धुलिखेल, पोखरा विश्वविद्यालय पोखरा, पूर्वाञ्चल विश्वविद्यालय विराटनगर, कृषि र विज्ञान विश्वविद्यालय भरतपुर, मध्यपश्चिम विश्वविद्यालय वीरेन्द्रनगर, लुम्विनी वुदिष्ट विश्वविद्यालय लुम्विनी, नेपाल संस्कृत विश्वविद्यालय बेलझुडी र सुदुरपश्चिम विश्वविद्यालय महेन्द्रनगर गरी नौ वटा विश्वविद्यालयहरु छन् ।

न्यायाधीशद्धय हेमन्तराज पन्त र अग्नीप्रसाद थपलियाको संयुक्त इजलाशले कलेजको विवादको हकमा पश्चिमाञ्चल विश्वविद्यालयबाट स्वीकृत र अनुमोदित विधान नै सर्वाेपरी हुने ठहर गरी फैसला सुनाएको थियो । नेपाल इन्जिनिययरिङ कलेज पोखरा विश्वविद्यालयबाट सम्वन्धन प्राप्त कलेज हो ।

तर न्यौपानेले अदालतलाई नै झुक्याएर फैसला गराए पनि स्थानीयले भने त्यसको व्यापक विरोध जनाएका छन् ।

प्रतिकृया दिनुहोस