शिक्षा र स्वास्थ्यलाई राष्ट्रियकरण गर्न शिक्षा मन्त्रीलाई बुझाइयो २० हजारको हस्ताक्षर

Hastachhar

काठमाडौँ । शिक्षा र स्वास्थ्यलाई राष्ट्रिकरण गर्न माग गर्दै विद्यार्थीहरुले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई २० हजारको हस्ताक्षर बुझाएका छन् ।

शुक्रबार दिउँसो शिक्षा मन्त्रालयमा पुगेर क्रान्तिकारीका सचिव तथा गण्डकी प्रदेश संयोजक क्षितिज सापकोटा र अनेरास्ववियुका संयोजक मकर खड्का नेतृत्वको टोलीले मन्त्री पोखरेललाई २० हजार जनाको हस्ताक्षर बुझाएको हो ।

हस्ताक्षर बुझ्दै मन्त्री पोखरेलले शिक्षा र स्वास्थ्यलाई मौलिक हकमा राखिएको बताए। उनले संविधानले नै निर्धारण गरेको कुरालाई विद्यार्थी संगठनले झक्झकाएको भन्दै धन्यवाद समेत दिएका थिए।

मन्त्री पोखरेलले शिक्षा र स्वास्थ्य राज्यको दायित्वभित्र पर्ने भन्दै त्यसबाट राज्य टाढा हुन नहुने बताए। उनले बेलाबेलामा खबरदारी गरिरहन विद्यार्थी नेताहरुलाई आग्रह समेत गरे।

अखिल क्रान्तिकारीका सचिव तथा गण्डकी प्रदेश संयोजक क्षितिज सापकोटाले राज्यले शिक्षा र स्वास्थ्यलाई मौलिक हकमा राखे पनि त्यसलाई कार्यान्वयन गर्नबाट चुकेको आरोप लगाए।

उनले राज्य बलियो नभएका कारण डा। केसीको आन्दोलनमा प्रतिक्रियावादीहरु घुसेको बताए। उनले भने, ‘शिक्षा र स्वास्थ्यलाई राष्ट्रियकरण गर्न नसक्ने सरकारले कसरी समाजवादमा पु-याउँछ?’ समाजवादको आधार तयार गर्न पनि शिक्षा र स्वास्थ्यलाई राष्ट्रियकरण गर्नुपर्ने उनको तर्क थियो।

‘सम्पूर्ण वामपन्थी, प्रगतिशील, देशभक्त विद्यार्थीहरु एक हौँ, समाजवदको आधार तयार पारौं, शिक्षा र स्वाथ्यलाई राष्ट्रियकरण गरौं’ भन्ने मूल नाराका क्रान्तिकारी र अखिलले साउन ९ गते पोखरामा हस्ताक्षर अभियान सञ्चालन गरेका थिए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...