प्रारम्भिक बालविकास केन्द्रमा १० लाख बालबालिका

Praravik

काठमाडौं । समुदाय तथा सरकारी विद्यालयमा आधारित पूर्वप्राथमिक तथा प्रारम्भिक बालविकास केन्द्र करीब ३० हजार पुगेको छ ।

प्रारम्भिक बालविकास समाजले गरेको अध्ययनअनुसार निजी तथा संस्थागत रुपमा स्थापित केन्द्र भने करीब ६ हजार छन् । प्रारम्भिक बालविकास केन्द्रमा भर्ना हुने बालिका ५ लाख ५ हजार र बालक ५ लाख १४ हजार छन् ।

समाजले यहाँ शुक्रबार आयोजना गरेको अन्तक्र्रियामा नेपाल कम्युनिष्ट पार्टीकी नेतृ सत्या पहाडीले प्रारम्भिक बालविकासको विषय संविधानको मौलिक हक रहेको बताउँदै अब ऐन बनाउँदा उक्त विषयलाई थप व्यवस्थित गरिने बताए ।

समाजका अध्यक्ष डा किशोर श्रेष्ठले दिगो विकासका लक्ष्यमा १७ लक्ष्य रहेकामा ११ लक्ष्य बालविकाससँग सम्बन्धित रहेको जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...