छात्रावास निर्माणमा ढिलाई, विद्यार्थी आन्दोलित

Student andolan palpa

काठमाडौं । छात्रावास निर्माणमा ढिलाई भएको भन्दै लमजुङ कृषि क्यापसका विद्यार्थी आन्दोलनमा उत्रिएका छन् ।

छात्रावास छिटो निर्माण गर्नुपर्ने माग राख्दै क्याम्पसमा क्रियाशिल विद्यार्थी संगठनहरूले आन्दोलन सुरु गरेका हुन् ।

९ वर्षअघि थालिएको ४२ कोठे छात्रावास निर्माणमा ढिलाई भएकाले आन्दोलनमा उत्रन बाध्य भएको विद्यार्थीहरुले बताएका छन् । २०६४ सालदेखि निर्माणाधिन छात्रावास हालसम्म पनि सम्पन्न नहुँदा विद्यार्थी महङ्गो भाडा तिरेर क्याम्पस बाहिर भाडामा बस्दै आएका छन् ।

क्याम्पस प्रमुख विष्णुविलास अधिकारीले ठेकेदारको लापारवाहीका कारण छात्रावास भवन निमार्णमा ढिलाई भएको बताए ।

प्रतिकृया दिनुहोस