काठमाडौंमा वृहत शैक्षिक मेला सुरु

Sixya mela

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा बृहत शैक्षिक मेला सुरु भएको छ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आयोजनामा गुणस्तरीय शिक्षाका लागि विश्वका विभिन्न विश्वविद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई उचित परामर्श दिने उद्देश्यका साथ १२ औं इक्यान शैक्षिक मेला आयोजना गरिएको हो ।

चार दिनसम्म चल्ने मेलाको उद्घाटन गर्दै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले शैक्षिक परामर्श दाताहरुलाई नेपाललाई शैक्षिक हव बनाउने सरकारको योजनामा साथ दिन आग्रह गरे । उनले शैक्षिक परामर्शको कामलाई सेवा भावका साथ अघि बढाउन पनि परामर्श दाताहरुलाई सचेत गराए । मन्त्री ज्ञवालीले नेपाल बुद्ध, संस्कृति जस्ता विषयहरुको खुला विश्वविद्यालय रहेको उल्लेख गर्दैै विदेशका विद्यार्थीहरुलाई आकर्षित गर्नुपर्नेमा पनि जोड दिए ।

इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले नेपाललाई शैक्षिक हवको रुपमा विकास गर्ने सरकारको लक्ष्यलाई साथ दिने प्रतिवद्धता व्यक्त गरे । मेलाले उच्च शिक्षा हासिलका लागि विदेश जाने नेपाली विद्यार्थीहरुलाई पर्याप्त जानकारी दिने उनको दाबी थियो ।

इक्यानले हाल ७४ वटा मुलुकमा नेपाली विद्यार्थीहरुलाई उच्च शिक्षाका लागि पठाउने गरेको छ। अध्यक्ष पाण्डेले आफूहरुसँग सम्पर्कमा रहेका देशबाट नेपालमा पनि अध्ययनका लागि ल्याउन पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

त्यसका लागि नेपाल सरकारले गुणस्तरीय शिक्षा दिने व्यवस्था गर्न ढिलाई गर्न नहुने इक्यानको भनाई छ ।मेलामा भारत, चीन, अमेरिका, जापान, अष्ट्रेलियालगायतका गुणस्तरीय शिक्षा दिने विश्वविद्यालयहरु सहभागी रहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सम्बन्धमा खटपट भएपछि प्रेमीले गोली प्रहार गरेको खुलासा

Jhapa goli

झापा । झापामा कक्षा १२ को परीक्षा दिएर फर्किएकी छात्रामाथि आफ्नै पूर्वशिक्षकले गोली प्रहार गरेको ...