समर क्याम्पमा भाग लिन नेपाली विद्यार्थी चीन प्रस्थान

China jadai

भक्तपुर । चीनको बेइजिङमा हुने द इन्टरनेशनल स्टुडेण्ड्स समर क्याम्पमा सहभागी हुन नेपाली विद्यार्थी चीन प्रस्थान गरेका छन् ।

बेइजिङ इन्टरनेशनल एजुकेशन एक्सचेन्ज सेन्टर (वीआईईई) को आयोजनामा मंगलबारदेखि हुने १० दिने समर क्याम्पमा सहभागी हुन भक्तपुरस्थित एभरेष्ट इंगलिश स्कुल मिवाछेंका एक शिक्षक र एक शिक्षिकासहित १० जना विद्यार्थी त्यसतर्फ प्रस्थान गरेका हुन् ।

सो टोलीमा शिक्षक भोगेन्द्र मानन्धर र शिक्षिका मञ्जु दुवालसहित विद्यार्थी आस्था दुवाल, प्राप्ती लामिछाने, श्रीया गौतम, श्रीया श्रेष्ठ, जेनिथ ढुकुछू, शुभआशिश श्रेष्ठ, समपर्ण थापा, सन्देश पौडेल, श्याम बासुकला र कृतन लिवी श्रेष्ठ छन् ।

स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीका अनुसार क्याम्पको उदघाटन मंगलबार टिसिनघु युनिभर्सिटीमा चाइनामा हुनेछ । बेइजिङ मल्टिपल एजुकेशन कमिशन तथा अन्य म्युनिसिपल डिपार्टमेन्ट तथा विभिन्न मुलुकहरुबाट सहभागीहरु हुनेछन् ।

उद्घाटन समारोहमा सहभागी देशका प्रतिनिधि मुलुकहरुको झण्डा समारोहमा फहराइने छ । नेपालबाट गएका सहभागीहरुले नेपालको राष्ट्रिय पोशाक लगाउने मुलुकको संस्कृति पहिचान गराउन पनि सफल हुने जनाइएको छ ।

प्रतिकृया दिनुहोस