स्तरीय शिक्षाका लागि सहकार्यको खाँचो

Tu news

काठमाडौं । नेपाल र चीनबीच स्तरीय शिक्षा आदान प्रदानमा सहकार्यको खाँचो रहेको विज्ञहरुले बताएका छन् ।

शुक्रबार त्रिभुवन विश्वविद्यालयले इस्ट चाइना युर्निभर्सिटी अफ टेक्नोलोजीका प्रमुख प्रा. लिउ युस्याङ्गको उपस्थितिमा नेपाल चीनको सम्बन्धमा कन्फुसियस इन्स्टिच्युटको योगदान विषयक कार्यक्रममा सहभागीहरुले उच्चशिक्षा अध्ययनलाई विश्वव्यापी बनाउन जरुरी भएको कुरामा जोड दिए ।

सो कार्यक्रममा त्रिविका उपकुलपति प्रा.डा तीर्थराज खनियाले त्रिवि गणतन्त्र चीनका विभिन्न विश्वविद्यालय, अध्ययन संस्थान एवं अनुसन्धान केन्द्रहरुसँग सहकार्य गरेर उच्चशिक्षाको स्तरोन्तरी गर्न चाहिरहेको बताए ।

खनियाले विश्वविद्यालयको अध्ययन/अध्यापनलाई विश्वव्यापी बनाउन अन्तर्राष्ट्रिय अनुसन्धान केन्द्रहरु स्थापना गर्ने विश्वविद्यालयको रणनीति रहेको बताए । उनले कन्फुसियस इन्स्टिच्युटले दुई देशको कला, संस्कृति विज्ञान एवं सभ्यताका विभिन्न आयामबारे अध्ययन अनुसन्धान हुने र द्धिदेशीय पारस्परिक हितका लागि ज्ञानको विकास र विस्तारमा सहयोग पुग्ने अपेक्षा गरे ।

इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीका प्रमुख प्रा.लिउ युस्याङ्गले कन्फुसियस इन्स्टिच्युटले नेपालमा चिनिया भाषा, संस्कृति र सभ्यताको आदान प्रदान हुने, चिनिया विज्ञ र नेपालका विज्ञहरुबीच निरन्तर सम्वन्धको विकास हुने अपेक्षा गरे । उनले त्रिभुवन विश्वविद्यालयले उच्चशिक्षामा गरेको नेतृत्वले आफुहरु थप उत्साहित रहेको बताए ।

उनले महान दार्शनिक, चिन्तक एवं प्राज्ञ कन्फुसियसको जीवन प्रणालीवाट मानवले अनेकौ ज्ञान आर्जन गर्न सक्ने र उनको जीवन प्रक्रियालाई अनुशरण गर्न सके जीवन सफल रहने बताए ।

कार्यक्रममा त्रिवि अन्तराष्ट्रिय सम्बन्धन केन्द्रका कार्यकारी निर्देशक प्रा.डा. भूपप्रसाद धमला, इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीका सल्लाहकार डा. रमेश आर्चाय लगायतले त्रिवि र इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीकोे पहलमा निर्माण हुन लागेको कन्फुसियस इन्स्टिच्युटको महत्व र यसले नेपाल र चिनको द्धिदेशिय सम्वन्धमा पार्ने प्रभावका विविध आयामबारे जानकारी गराएका थिए ।

इस्ट चाइना युर्निभर्सिटी अफ टेक्नोलोजीका प्रमुखसहितको टोलीलाई त्रिवि अन्तर्राष्ट्रिय केन्द्रका कार्यकारी निर्देशक प्रा.डा भूपप्रसाद धमलाले त्रिविअन्तर्गतका जनप्रशासन क्याम्पस बल्खु, भौतिक शास्त्र केन्द्रीय विभाग, रसायनशास्त्र केन्द्रीय विभाग, अंग्रेजी केन्द्रीय विभाग एवं आयर्वेद क्याम्पस लगायतका क्याम्पस एवं विभागमा अवलोकन गराएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...