क्याम्पस प्रमुखको राजीनामाको माग विद्यालयमा तालाबन्दी

Tala

रौतहट । चन्द्रनिगाहपुर जनज्योति बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुखको राजिनामाको माग गर्दै विद्यालयमा तालाबन्दी गरेका छन् ।

युनियनका सभापति संगम श्रेष्ठको नेतृत्वमा आज बिहान स्वतन्त्र विद्यार्थी युनियन समर्थक विद्यार्थीहरूले क्याम्पसमा तालाबन्दी गरेका हुन् । क्याम्पस प्रमुख दुर्गाप्रसाद दहालले विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको तालाबन्दी गर्नेहरूको आरोप छ ।

क्याम्पस प्रमुख दहालले बिएड तेस्रो वर्षको परीक्षामा एउटा विषय पढाएर अर्को विषयको परीक्षा दिन बाध्य बनाएको, दहाललाई व्यवस्थापन समितिका अध्यक्ष शशिविनोद काफ्लेले राजनितिक संरक्षण दिने गरेको आरोप छ ।

क्याम्पस प्रमुख दहालले राजीनामा नदिएसम्म तालाबन्दी नखोल्ने बताएका विद्यार्थी नेताहरूले तत्काल माग पूरा नभए कडा आन्दोलनमा उत्रने चेतावनीसमेत दिएका छन् । सो स्ववियु निर्वाचन हुने जिल्लाको एक मात्र क्याम्पस हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...