होमवर्क नगरेको भन्दै शिक्षकले फुटाए विद्यार्थीको टाउको

Teacher ko kutpit

डडेल्धुरा । होमवर्क नगरेको भन्दै जिल्लाका एक शिक्षकले विद्यार्थीको टाउको फुटाएका छन् ।

परशुराम नगरपालिका–२ स्थित भागेश्वर माध्यमिक विद्यालयका शिक्षकले होमवर्क नगरेको भन्दै विद्यार्थीलार्इ निर्घात कुटपिट गर्ने क्रममा टाउको फुटेको हो ।

भागेश्वर माविमा गणित विषय पढाउने शिक्षक गजेन्द्र अवस्थीले कक्षा ६ मा अध्यनरत राम कामीको कुटपिटका क्रममा टाउको फुटाएका हुन् । कुटपिटबाट १२ वर्षीय कामीको टाउकोमा गम्भीर चोट लागेको भन्दै स्थानीय अस्पतालमा उपचार समेत भएको छैन ।

शिक्षक अवस्थीले विद्यार्थीको टाउकोमा स्केलले पिटेका थिए । नजिकैको स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि जोगबुढा अस्पताल पुर्‍याइएका विद्यार्थीलार्इ त्यहाँ पनि उपचार सम्भव नभएपछि कैलाली लान लागिएको पीडितको परिवारले जनाएको छ ।

विद्यार्थीका अभिभावकले कुटपिट गर्ने शिक्षकमाथि कारबाही गर्न र आवश्यक उपचार खर्च व्यहोर्न माग गरेका छन् ।

प्रतिकृया दिनुहोस