राष्ट्रियतामै आँच आउने भारतीय पाठ्पुस्तक पढाउँछन् विद्यालय

Indian book

झपा । निजि विद्यालयहरुले कमिशनको लोभमा आफुखुशी प्रकाशनका पुस्तकहरु पढाउने रोग त पुरानै हो । तर, कतिपय विद्यालयले भने राष्ट्रियतामाथि नै आँच आउने खालका पाठ्यसामाग्रि समेत पठनपाठन गर्ने गरेको पाईएको छ ।

झापाको दमक–६ स्थित सूर्योदय अंग्रेजी बोर्डिङ स्कूलले आफूखुशी भारतीय पाठ्यपुस्तक पठनपाठन गराएको पाइएको हो । पाठ्यपुस्तकमा नेपाली राष्ट्रियतामाथि आँच हुनेखालका पाठहरु समेत रहेको भेटिएको पाठहरु समेत रहेको भेटिएको छ ।

उक्त स्कूलले पढाउँदै आएको आधारभूत तहमा भारतको दिल्लीस्थित इडुहेरल्स पब्लिकेशनका ‘इङ्लिस कन्भरसेसन’का पुस्तकमा भारतको झण्डा, आफ्नो जन्मभूमि भारत हो, हाम्रो राष्ट्रिय झण्डाजस्ता पाठ्यसामग्री समावेश गरिएको पाइएको छ ।

विद्यालयले आपत्तिजनक विषयबस्तु पठनपाठन गराएको गुनासो आएपछि अनुगमन समितिले स्कूल अनुगमन गरी सो स्कूललाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । तोकिएको समयभित्रमा स्पष्टीकरण चित्तबुझ्दो नदिए विद्यालय बन्द गर्नेसम्मको कारवाही हुन सक्ने समितिले जनाएको छ ।

अनुगमनमा नगरपालिकाकी उपप्रमुख गीता अधिकारीसहितका शिक्षा समितिको एक टोली खटिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...