त्रिबि सभामा गएनन् प्रधानमन्त्री, अन्तिम समयमा सभा स्थगित

Tu

काठमाडौं । आइतबार त्रिभुवन विश्व विद्यालयको विश्व विद्यालय सभा राखिएको थियो । पदाधिकारी तथा सभासदहरु कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वागत गर्न लाईनमा बसिरहेका थिए ।

यता त्रिवि सभा हुने र प्रधानमन्त्री आउने भएपछि  त्रिविका आंशिक प्राध्यापकहरु न्याय माग्दै नाराजुलुस गरेका थिए । लामो समयसम्म त्रिविका क्याम्पसमा काम गरे पनि त्रिविले अन्याय गरेको भन्दै नाराजुलुस गरिरहेका थिए ।

तर, त्यही बेला खबर आयो ‘प्रधानमन्त्री बिरामी परेका कारण आउन नसक्ने भए’, सभा स्थगित भयो ।

आइतबार ९ बजे बैठक बस्न निर्धारण गरेको समयमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति ओली बिरामी भएको भन्दै त्रिवि सभा स्थगित गर्न खबर आएपछि बैठक स्थगित भएको हो ।

स्रोतका अनुसार, कुलपतिले अध्यक्षता गरेको सभाबाट रहेको वर्षौदेखि हाजिरी नगरेका त्रिवि प्राध्यापक संघका सभापति योगेन्द्रनारायण बडबरियाको हाजिरी अनुमोदन गराउने प्रस्ताव रहेको र सोही विषयमा सञ्चार माध्यममा समाचार आएपछि बैठक स्थगित गराएका हुन् ।

 सभामा त्रिविले बिभिन्न एडेण्डा मध्ये हाजिरी अनुमोदन गराउने समेत प्रस्ताव गरेको थियो । त्रिविले तयार पारेको अन्तिम कार्यावलीको बुँदा नं. ८ को अन्तिममा बडबरियाको हाजिरी अनुमोदन गराउने प्रस्ताव छ ।

त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघका अध्यक्ष योगेन्द्र नारायण बडबरिया तीन वर्षसम्म तलब बिनाको जागिर खाएका छन् । त्रिवि नियममा ९० दिनसम्म हाजिर नगर्दा जागिरबाट बर्खास्त गर्ने ब्यवस्था छ । तोकिएको कार्यालयमा हाजिरि नगरेका प्राध्यापक नेता बडबडियाको न जागिर गएको छ न तलब पाएका छन् । राजनीतिक दबाबका कारण बडबडियालाई जागिर थमौती थमाउने प्रयास समेत भएको थियो ।

लामो समय कतै हाजिरी नभएका बडबडिया ३० भदौबाट राजनीतिशास्त्र केन्द्रीय बिभागमा हाजिरी भएका छन् । 

बिभागले सरुवाको चिठि मागे पनि त्रिवि केन्द्रीय कार्यालयबाट त्यसको जवाफ गएको छैन । बडबडिया यस अघि सिरहाको एसएसएम यादव बहुमुखि क्याम्पसमा कार्यरत थिए । क्याम्पसमा हाजिरि नभएका कारण पनि उनलाई पत्र दिन नसकेको हो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा खानेपानीको समस्या हुन दिन्नँ : खानेपानी मन्त्री राई

Dkt ktm samparka program

काठमाडौं । खानेपानी राजेन्द्रकुमार राईले यो वर्षदेखि धनकुटाका कुनै पनि स्थानमा खानेपानीको समस्या ...