अमेरिकाकी विश्वविद्यालयमा नेपाली विद्यार्थीको छात्रवृत्ति कटौती

University texas

काठमाडौं । अमेरिकाको टेक्सास टायलर विश्वविद्यालयले नेपाली विद्यार्थीले पाउँदै आएको छात्रवृत्ति कटौती गरेको छ । विश्वविद्यालयले आफ्नो स्रोतले धान्न नसक्ने भन्दै ८४ जना नेपाली विद्यार्थीले पाइसकेको छात्रवृत्ति मध्ये ५४ सीट छात्रवृत्ती कटौती गरेको हो ।

विश्वविद्यालयले अन्य ठाउँमा छात्रवृत्तिको लागि दरखास्त दिने समय समेत नराखी उनीहरुको छात्रवृत्ति कटौती गरेको छ ।

विश्वविद्यालयको यो निर्णयसँगै अमेरिकामा उच्च शिक्षा अध्ययन गर्ने योजनामा रहेका नेपाली विद्यार्थीहरु अलमलमा परेका छन् ।

विश्वविद्यालयले सुरुमा ९८ जनाका लागि पूर्ण छात्रवृति आवेदन आह्वान गरेको थियो । जसमा ८४ नेपाली विद्यार्थी छनोट भए । पूर्ण छात्रवृति २० हजार ९६८ डलर रहेको छ । तर, आर्थिक स्रोत नपुगेको भन्दै पूर्ण छात्रवृति पाउने संख्या ३५ जनामा झारियो । बाँकीलाई ५ हजार डलर छात्रवृति मात्रै दिन सकिने सूचना सार्वजनिक गर्यो । जबकी होस्टल शुल्क मात्रै १७ हजार डलर पर्छ । पढाई खर्च ८ हजार डलर लाग्छ ।

सुरुमा छात्रवृति दिने भनेर पछि कटौती गरेपछि नेपाली विद्यार्थी निरास भएका छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...