सोलुखुम्बुको हाँको छेस्काम माविलाई चार दर्जन ल्यापटप सहयोग

Lab

सोलुखुम्बु । हाँको छेस्काम माध्यमिक विद्यालयलाई लाखौँ मूल्यको ल्यापटप निःशुल्क प्राप्त भएको छ ।

कम्प्युटर कक्षा सञ्चालनका लागि एक विदेशी नागरिकले उक्त ल्यापटप सहयोग गरेको विद्यालयका प्रधानाध्यापक गुरुप्रसाद राईले बताए । उनका अनुसार क्यानडाका नागरिक मेरी कृष्टिलेरोसले विद्यालयलाई ४८ थान डेल कम्पनीको ल्यापटप हस्तान्तरण गरिएको हो ।

विगत लामो समयदेखि विद्यालयलाई विभिन्न प्रकारका शैक्षिक सामग्री उपलब्ध गराउँदै आएका क्यानेडियन नागरिक मेरी कृष्टिलेरोसले यस शैक्षिकसत्रदेखि कक्षा सञ्चालन गर्ने गरी कम्प्युटर उपलब्ध गराएको प्रधानाध्यापक राईले बताए ।

जिल्लाको सबैभन्दा विकट क्षेत्रमा कम्प्युटर कक्षाको व्यावहारिक ज्ञानसमेत विद्यालयबाट नै प्राप्त गर्ने भएपछि विद्यार्थीले खुशी व्यक्त गरेका छन् । कम्प्युटर कक्षाका लागि ६ कक्षादेखि माथिका विद्यार्थीले सहभागिता जनाउने विद्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...