मुसहर बालबालिका विद्यालयमा

Balbalika

महोत्तरी । वर्षौदेखि अरुको बारी चहार्दै मुसा मार्ने र खेलकुदमै बाल्यकाल बिताउने परम्परा अन्त्य गर्दै मुसहर समुदायका बालबालिका विद्यालय जाने भएका छन् ।

गौशाला नगरपालिका ७ मनहर्वास्थित मुसहर समुदायका एकसय बालबालिका नजिकै रहेको नेपाल जनजाति आधारभूत विद्यालयमा भर्ना हुने भएका हुन् ।

सो वस्तीमै पुगी बालबालिकालाई विद्यालय भर्ना गराई शिक्षित बनाउनुपर्ने सन्देश यहाँका सञ्चारकर्मीले बस्तीमै गएर समय समयमा सन्देश सम्प्रेषण गरेपछि उनीहरु विद्यालय जाने भएका हुन् ।

बस्तीका अरु बालबालिका झोला, कपी, कलम बोकी विद्यालय गइरहेको समयमा बस्तीका बालबालिका भने काँधमा कोदालो बोकी तरकारीको लागि मुसा मार्न अरुको बारी चहार्दै आएका थिए । बालबालिका विद्यालय जाने भएपछि गौशाला नगरपालिकाले दिवा खाजा तथा विद्यालयको भौतिक संरचना निर्माणका लागि चासो देखाएको छ ।

गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतोले नगरक्षेत्रभित्र रहेका हरेक बालबालिकालाई शिक्षित बनाउने अभियान सफल बनाउनका लागि सो बस्तीमा यस्तो अवधारणा ल्याएइको जनाए ।

धुर्मुस सीतारम कट्टेल र सुन्तली  कुञ्जनात घिमिरेले सो समुदायका एकसय बालबालिकालाई नजिकै रहेको आधारभूत विद्यालयमा भर्ना गराउन यही वैशाख १३ गते सो बस्तीमा आउने भएका छन् । बस्तीमा शिक्षाको ज्योति फैलिने स्थानीयवासी एवं अखिल क्रान्तिकारीका २ नं प्रदेशका सचिव सूर्यनारायण साहले बताए ।

पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टाईले एक रात बिताएका सो बस्तीका बासिन्दा हालसम्म पनि शिक्षा, स्वास्थ्य तथा विकासको दृष्टिकोणले पछिडिएका छन्

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...