शक्तिको दुरुपयोग : प्रदेश सांसदकी छोरी ‘असहाय कोटामा’

Balmandir

काठमाडौं । कांग्रेस नेता एवं काठमाडौं क्षेत्र नं. १० बाट प्रदेशसभामा निर्वाचित सांसद् पुष्कर महर्जनले असहाय कोटामा आफ्नी छोरीलाई निःशुल्क पढाइरहेको पाईएको छ ।

अभिभावकविहिन, असहाय र टुहुरा बालबालिकाको अभिभावकत्व लिइरहेको नेपाल बाल संगठन (बाल मन्दिर) ले असहाय बच्चाहरुको लागि दिईने छात्रबृत्तीमा महर्जनकी छोरीलाई पढाईरहेको पाईएको हो । बालमन्दिरले छात्रवृत्ति कोटाको चरम दुरुपयोग गर्दै नेताका र पहुँचवालका छोराछोरीलाई पढाएको छ ।

 बाल संगठनको मुख्य कार्यालय रहेको नक्सालको १४ रोपनीभन्दा धेरै जग्गा भाडामा लिएबापत वृहस्पति शिक्षा सदनले संगठनका २० विद्यार्थी निःशुल्क पढाइदिने सम्झौतामा हस्ताक्षर गरेको छ । संगठनले ०५८ जेठमा ३० वर्षका लागि वार्षिक ३० लाखमा विद्यालयलाई जग्गा भाडामा दिएको थियो ।

संगठन र विद्यालयबीच भएको सम्झौताको १२.५ नम्बर बुँदामा जग्गा भाडामा दिएबापत संगठनको सिफारिसको आधारमा आर्थिक अवस्था कमजोर भएका, अनाथ, असहाय वा सुविधाबाट वञ्चित बालबालिकालाई डे बोर्डर्स छात्रवृत्ति प्रदान गर्ने उल्लेख छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...